कारोबार


गभर्नरका प्रत्याशी ढुंगानाले दिए नबिल बैंकको सीईओबाट राजीनामा

गभर्नरका प्रत्याशी ढुंगानाले दिए नबिल बैंकको सीईओबाट राजीनामा

नेपालखबर
चैत १२, २०८१ मंगलबार १३:३२, काठमाडौँ

नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत ज्ञानेन्द्र ढुंगानाले पदबाट राजीनामा दिएका छन्।

नेपाल राष्ट्र बैंकको गभर्नर बन्ने दौडमा रहेका ढुंगानाले आइतबार बैंकको सीईओबाट राजीनामा दिएका हुन्।

स्रोतका अनुसार उनले आइतबार राजीनामा दिए पनि स्वीकृत भइसकेको छैन। अब बस्ने बैंकको सञ्चालक समितिले उनको राजीनामा स्वीकृत गर्ने जनाइएको छ। 

ढुंगाानालाई नेपाल राष्ट्र बैंकका गभर्नरको प्रत्याशीको रुपमा हेरिएको छ। ढुंगानाले सोमबार गभर्नर सिफारिस समितिको टुंगो लाग्ने भएसँगै आइतबार नै पदबाट राजीनामा दिएका हुन्।

नेपाल बैंकर्स एसोसिएसनका पूर्वअध्यक्ष रहेका उनी नेपाली कांग्रेसको निकट मानिन्छन्। उनलाई गभर्नर बनाउन बैंकरहरू तथा निजी क्षेत्रले पनि जोडबल गरिरहेका छन्। 

राष्ट्र बैंककै पूर्वक्याडर रहेका उनीसँग तत्कालीन नेपाल बंगलादेश (एनबी) बैंक र नबिल बैंकलाई सफलतापूर्वक मर्जर गराएको अनुभव पनि छ। 

बैंकिङ क्षेत्रमा तीन दशक लामो अनुभव रहेका ढुंगानाले भारतबाट चार्टर्ड एकाउन्टेन्सी र अस्ट्रेलियाबाट सर्टिफाइड पब्लिक एकाउन्टेन्ट तथा वित्तीय विश्लेषणमा स्नातकोत्तर तहको अध्ययन गरेका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad