कारोबार


कोरोनाविरुद्ध काम गर्न सनराईज बैंकले दियो प्रहरीलाई ६५ थान पीपीई

कोरोनाविरुद्ध काम गर्न सनराईज बैंकले दियो प्रहरीलाई ६५ थान पीपीई

नेपालखबर
चैत १४, २०७६ शुक्रबार ११:१५,

सनराईज बैंकले नेपाल प्रहरीलाई ६५ थान कोरोनाविरुद्ध सुरक्षा सामाग्री (पीपीई) दिएको छ।

शुक्रबार प्रहरी प्रधान कार्यालयमा पुगेर सनराईज बैंकका प्रमुख कार्यकारी अधिकृत जनक शर्मा पौडेलले प्रहरी महानिरीक्षक ठाकुर प्रसाद ज्ञवालीलाई पीपीई हस्तान्तरण गरेका हुन्।

कार्यक्रममा सनराईज बैंकका प्रमुख कार्यकारी अधिकृत पौडेलले विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरसको नियन्त्रणको लागि नेपाल प्रहरीले आफ्नो जिउ ज्यान जोखिममा राखेर गरेको भूमिकाको प्रशंसा गर्दै आगामी दिनहरुमा समेत नेपाल प्रहरीलाई सहयोग गर्दै जाने बताए।

नेपाल प्रहरी अस्पताल महाराजगञ्जमा कार्यरत स्वास्थ्यकर्मीलाई कोरोना भाइरसको सम्भावित जोखिमबाट बचाउन र जोखिममा खटिने प्रहरीलाई संक्रमण नहोस् भनेर यी सामाग्री सहयोग गरेको बैंकले जनाएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad