हिजाे (बुधबार) अहिलेसम्मकै सबैभन्दा महँगो बनेको सुनको मूल्य आज स्थिर छ। चाँदीको मूल्य भने आज घटेको छ।
मंगलबार र बुधबार दुबैदिन महँगो मूल्य कायम भएको सुनको मूल्य आज स्थिर रहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।
प्रतितोला आठसय रुपैयाँ बढेर हिजो सुनको मूल्य एक लाख ७६ हजार रुपैयाँ पुगेको थियो। यो अहिलेसम्मकै सबैभन्दा महँगो मूल्य हो। आज पनि सुन यही मूल्यमा किनबेच भइरहेको छ।
मंगलबार प्रतितोला ११ सय रुपैयाँ बढेर सुनको मूल्य प्रतितोला एक लाख ७५ हजार दुईसय रुपैयाँ पुगेको थियो।
महासंघका अनुसार आज चाँदीको मूल्य भने प्रतितोला १५ रुपैयाँ घटेको छ। चाँदीको मूल्य आज २ हजार ३० रुपैयाँ कायम भएको छ।
गएको मंसिर तेस्रो साता सुनको मूल्य दुई दिनमै तोलामा साढे १८ हजार रुपैयाँ घटेको थियो। त्यतिबेला सरकारले भन्सारदर घटाएपछि व्यापक घटेको सुनचाँदीको भाउ फेरि उच्च बनेको हो।
Shares

प्रतिक्रिया