ग्लोबल


चीनमा ४ क्यानेडियनलाई मृत्युदण्ड

चीनमा ४ क्यानेडियनलाई मृत्युदण्ड

क्यानडाका विदेशमन्त्री मेलानी जोली


नेपालखबर
चैत ७, २०८१ बिहिबार ११:५१, काठमाडौँ

चीनले लागुऔषध मुद्दामा दोषी ठहर चार क्यानेडियनलाई मृत्युदण्ड दिएको छ। 

बीबीसीका अनुसार क्यानेडियन अधिकारीहरूले यो खबरको पुष्टि गरेका छन्।

उनीहरूसँग दोहोरो नागरिकता थियो।

तर तिनको परिचय परिवारको अनुरोधमा गोप्य राखिएको क्यानडाका विदेशमन्त्री मेलानी जोलीले बुधबार पत्रकारहरूलाई बताइन्।

रिपोर्टअनुसार क्यानडास्थित चिनियाँ दूतावासले क्यानाडाली नागरिकले गरेका अपराधको प्रमाण "ठोस र पर्याप्त" रहेको जिकिर गर्दै क्यानडालाई ‘गैरजिम्मेवार टिप्पणी बन्द गर्न’ आग्रह गरेको छ। 

चिनियाँ दूतावासले बेइजिङले ‘सम्बन्धित क्यानेडियन नागरिकहरूको अधिकार र हितको पूर्ण ग्यारेन्टी’ गरेको पनि उल्लेख गरेको छ।

चिनियाँ प्रवक्ताले क्यानडा सरकारलाई 'चीनको न्यायिक सार्वभौमसत्ता'को सम्मान गर्न आग्रह पनि गरेका छन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad