कारोबार


झण्डै १५ अंकले थप ओर्लियो नेप्से

झण्डै १५ अंकले थप ओर्लियो नेप्से

नेपालखबर
चैत ६, २०८१ बुधबार १५:१४, काठमाडौँ

सेयरबजारमा यो साता गिरावटले निरन्तरता पाएको छ। 

नेपाल स्टक एक्सचेन्जका अनुसार बुधबार पनि नेप्से १४.८८ अंकले घटेर २६८२.१५ विन्दुमा ओर्लिएको हो। 

बुधबार ५ अर्ब १४ करोडको कारोबार भए पनि आज १ करोड कित्ता पनि सेयर बिक्री भएन। आज कुल ९५ लाख ८३ हजार ८२९ कित्ता सेयर बिक्री भएको छ। 

यस दिन ५३ वटा सेयर बढे पनि १८३ वटा घटेका र ७ वटा अघिल्लो मूल्यमै कारोबार भएको नेप्सेले जनाएको छ। 

आज मिथिला लघुवित्त, गरिमा समृद्धि योजनालगायतका सेयर बढेका छन्। घट्नेमा सामुदायिक लघुवित्त, हिमालयन पावर पार्टनरलगायत छन्। 

आज हिमालयन रिइन्स्योरेन्सको २९ करोडको र एनआरएन इन्फ्रास्ट्रक्चरको २३ करोडको कारोबार भएको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad