सम्पत्ति बिमा गर्ने क्रम निरन्तर घट्दै गएको छ।
हरेक वर्षजसो विपद्मा परेर अर्बौँको सम्पत्ति क्षति हुने क्रम नरोकिए पनि सम्पत्ति बिमा गर्नेहरु भने निरन्तर घट्दै गएका हुन्।
सरकारले बिमालाई क्षतिपूर्ति न्यूनीकरणको औजार बनाइरहँदा सम्पत्ति बिमामा उपभोक्ताको आकर्षण घट्दै गएको छ।
गत आर्थिक वर्षको पुसको तुलनामा चालू आवको सोही अवधिमा यस्तो बिमा पोलिसी बिक्री ४.८७ प्रतिशतले घटेको छ।
गत आर्थिक वर्ष पुस मसान्तमा निर्जीवन बिमा कम्पनीहरुले २५ अर्ब २८ करोड ८१ लाख रुपैयाँको बिमा पोलिसी बिक्री गरेका थिए। यस वर्ष सोही अवधिमा २४ अर्ब ५ करोड ६६ लाख रुपैयाँको पोलिसी मात्रै बिक्री गरेका छन्।
हाल नेपालमा ४ वटा लघु निर्जीवन बिमा कम्पनी र १४ वटा निर्जीवन बिमा कम्पनीहरु सञ्चालनमा छन्। लघुबिमा कम्पनीहरुले भने सम्पत्ति बिमा गरेका छैनन्।
Shares

प्रतिक्रिया