काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र साहले चित्रकला र संगीतले विद्यार्थीको सिर्जनात्मकतालाई उजागर गर्ने बताएका छन्।
बुधबार काठमाडौं महानगरपालिका–७ ले आयोजना गरेको पिएल सिंह चित्रकला प्रतियोगिता कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्। उनले विद्यार्थीको धेरै समय विद्यालयमा बित्ने उल्लेख गर्दै पढाई बाहेकका सृजनात्कमक कार्यक्रममा समेत सहभागिता बढाउनुपर्ने बताए।
उनले चित्रकलाले विद्यार्थीको लिडरसिप क्षमताको विकास गर्नेमा समेत सहयोग पुर्याउने बताए।

उनले भने, ‘विद्यार्थीको धेरै समय स्कुलमा बितिरहेको हुन्छ। पढाईबाहेक अन्य क्रियाकपापमा पनि हामीले बढाउँदै जानुपर्छ। त्यसको लागि पेन्टिङ र आर्टहरु पनि एउटा माध्यम हो। त्यसले खालि समयमा नकारात्मक कुराहरुप्रति आकर्षित हुने कुरालाई रोक्छ। पेन्टिङमा काम गर्न सकियो भने अरु क्रियाकलापम समेत सृजनात्मकता बढ्दै जान्छ। सबै मान्छे क्रिएटिभ हुन्छ तर विण्डो चाहीँ बन्द भएर बसिराखेको हुन्छ। पेटिङ, म्युजिक र पोइट्रीले सिर्जनालाई खोल्ने काम गर्छ। यसले सिर्जनशीलता बढ्दै जाँदा अरु काम समेत राम्रो हुँदै जान्छ।’
मेयर शाहले महानगरका प्रथम मेयर प्रेमलाल सिंहबारे विद्यार्थीहरुलाई सिकाउन जरुरी रहेको समेतबताए। प्रथम मेयर सिंहले काठमाडौं महानगरमा विकासको ढोका खोल्ने काम गरेको उल्लेख गरे।
महानगरले विद्यार्थीलाई सिर्जनात्कम क्रियाकलापमा सहभागि गराउन विभिन्न शैक्षिक कार्यक्रमहरु गर्दै आएको समेत बताए।

Shares

प्रतिक्रिया