ad ad

कारोबार


कोरोना रोकथाम कोषमा धितोपत्र बोर्डले जम्मा गर्‍यो ५० लाख

कोरोना रोकथाम कोषमा धितोपत्र बोर्डले जम्मा गर्‍यो ५० लाख

नेपालखबर
चैत ११, २०७६ मंगलबार ५:५८,

नेपाल धितोपत्र बोर्डले कोरोना रोकथामका लागि सरकारले खोलेको कोरोना भाइरस संक्रमण रोकथाम एवं नियन्त्रण उपचार कोषमा ५० लाख रुपैयाँ जम्मा गरेको छ।

बोर्डका प्रवक्ता निरज गिरीले विश्वव्यापी महामारीको रुपमा द्रुतगतिमा फैलिरहेको कोरोना भाइरस (कोभिड १९) रोगको संक्रमणलाई मुलुकभित्र फैलिन नदिन तथा सोको रोकथाम एवं नियन्त्रणका उक्त रकम सहयोग गरेको जानकारी दिए।

बोर्डले विपत्तिको घडीमा नेपाल सरकारले चालेको रोग नियन्त्रणको अभियानमा आ–आफनो तर्फबाट समेत सहयोग पुर्‍याउन पुँजीबजारका सबै सहभागीहरु नेप्से, सीडीएससी, क्रेडिट रेटिङ्ग संस्थाहरु, मर्चेण्ट बैंकरहरु, धितोपत्र दलाल व्यवसायीहरु, आस्बा सदस्यहरु तथा सूचीकृत कम्पनीहरुलगायतका संस्थाहरुलाई सो खातामा यथासक्दो रकम जम्मा गर्न आग्रह गरेको जनाएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .