कोरोना भाइरस ‘कोभिड–१९’ का कारण मृत्यु हुनेको संख्या १६ हजार नाघेको छ।
मंगलबारसम्मको तथ्यांकअनुसार कोरोनाका कारण १६ हजार ५५८ को मृत्यु भइसकेको छ।
हालसम्म १ सय ८६ भन्दा बढी मुलुकमा फैलिएको कोरोनाका कारण ३ लाख ८१ हजार ७६१ जना बिरामी परेको पुष्टि भएको छ।
कोरोना भाइरसको खतरा मध्यनजर गर्दै मंगलबारदेखि नेपालले देश ‘लकडाउन’ गरेको छ। मंगलबार देखि नै बेलायतले पनि देश ठप्प पारेको छ।
प्रतिक्रिया