कारोबार


म्याक्सब्यास वान इयरबड्स इसेवाबाटै किन्न सकिने

म्याक्सब्यास वान इयरबड्स इसेवाबाटै किन्न सकिने

नेपालखबर
फागुन ४, २०८१ आइतबार १६:३३, काठमाडौँ

नेपाली अडियो ब्रान्ड म्याक्सब्यासले आफ्नो पहिलो उत्पादन म्याक्सब्यास वान वायरलेस इयरबड्स बजारमा ल्याएको छ।

डिजिटल भुक्तानी सेवा प्रदायक इसेवाबाट सुपथ मूल्यमा किन्न पाइने भएको हो। दराजमा समेत विशेष अफरको साथ उपलब्ध हुने कम्पनीले जनाएको छ।

उक्त इयरबड्समा राम्रो आवास सुन्न सकिने कम्पनीले उल्लेख गरेको छ। कम्पनीका अनुसार यसमा  धेरै फिचरहरु रहेका छन्।

बाहिरको आवाज कम गर्न ४०डीबीसम्मको एक्टिभ न्वाइज क्यान्सिलिङ, ४ माइक्रोफोनसँगै एआई कल न्वाइज क्यान्सिलिङ, स्पष्ट आवाजको लागि १३ एमएमको डाइनामिक ड्राइभरजस्ता फिचर छन्। 

यो इयरबड् एकपल्ट चार्ज गरेपछि ६–८ घण्टासम्म मज्जाले चलाउन सकिन्छ र पावर डिस्प्ले समेत भएको चार्जिङ केसले ४८ घण्टासम्म ब्याट्री ब्याकअप दिने कम्पनीको दाबी छ। खासगरी गेम खेल्ने र संगीतप्रेमीलाई अत्यन्त राम्रो प्रोडक्ट साबित भएको कम्पनीको भनाइ छ। 

साथै यसमा भएको टच कन्ट्रोलको साहयताले भोल्युम बढाउने तथा फोन उठाउन जस्ता कार्यलाई सजिलो बनाएको छ । यसको बजारको  मूल्य ३ हजार ५०० रुपैयाँ भए पनि अहिले विशेष अफरमा ग्राहकले १ हजार ९९९ रुपैयाँमा खरिद गर्न सक्नेछन्। 

उक्त प्रोडक्टमा ६ महिनाको वारेन्टी, चार्जिङ केबल, इयर टिप्स र म्यानुअल पनि उपलब्ध छ। 
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad