ad ad

कारोबार


उद्योग परिसंघले सरकारलाई सोध्योः के सहयोग गरौँ?

उद्योग परिसंघले सरकारलाई सोध्योः के सहयोग गरौँ?

नेपालखबर
चैत १०, २०७६ सोमबार १२:५३,

कोरोना भाइरस रोकथाम र यसबाट उत्पन्न हुन सक्ने समस्यासँग जुध्न निजी क्षेत्रको तर्फबाट चाहिने सहयोगबारे नेपाल उद्योग परिसंघले उपप्रधानमन्त्री ईश्वर पोख्रेलसँग छलफल गरेको छ।

कोरोना रोकथामसम्बन्धी सरकारको उच्चस्तरीय समितिका संयोजक पोख्रेलसँग परिसंघको प्रतिनिधिमण्डलले सोमबार भेट गरी सरकारलाई आवश्यक सहयोगबारे जानकारी लिएको हो। 

सरकालाई निजी क्षेत्रले सघाउन सक्ने क्षेत्रहरु आपूर्ति व्यवस्था नियमित राख्ने, अत्यावश्यक स्वास्थ्य सामग्री जुटाउन सहकार्य गर्ने, भाइरस रोकथामका लागि आवश्यक पूर्वाधार निर्माणमा सघाउने विषयमा छलफल केन्द्रित रहेको परिसंघले जनाएको छ।

उपप्रधानमन्त्री पोख्रेलले सरकारी तयारीबारे जानकारी गराउँदै अत्यावश्यक स्वास्थ्य सामग्रीको आपूर्तिमा सघाउन र सरकारसँग सघन सम्पर्कमा रहेर विषम परिस्थितिको सामना गर्न सहकार्य अपरिहार्य रहेको बताए।

यी विषयमा परिसंघका अध्यक्ष सतीशकुमार मोरले निजी क्षेत्रमा आपसी समन्वय गरी सरकारलाई यथासक्य छिटो उपलब्ध सहयोग हस्तान्तरण गर्ने प्रतिबद्धता व्यक्त गरे।

परिसंघका संस्थापक अध्यक्ष विनोद चौधरीले आवश्यक सहकार्य र सहयोग उपलब्ध गराउन निजी क्षेत्र तयारी अवस्थामा रहेको जानकारी गराएका थिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .