ग्लोबल आइएमई बैंकले सरकारले स्थापना गरेको कोरोना संक्रमण रोकथाम तथा नियन्त्रण कोषमा १ करोड रुपैयाँ योगदान गर्ने घोषणा गरेको छ।
साथै, सोही उद्देश्यले कान्तिपुर पब्लिकेशनद्वारा स्थापित कान्तिपुर कोभिड–१९ रोकथाम कोषमा पनि सो बैंकले १५ लाख रुपैयाँ आर्थिक सहयोग प्रदान गरेकोे जनाएको छ।
कोभिड–१९ ले विश्वसमुदायलाई त्रसित बनाइरहेको र नेपाल पनि उच्च जोखिममा रहेको यस जटिल अवस्थामा सरकारसँग हातेमालो गर्दै बैंकले उक्त रकम उपलब्ध गराएको बैंकले जनाएको छ।
यस योगदानबाट कोरोना भाईरस विरुद्व लड्न नेपाल सरकारलाई थप प्रेरणा र सहयोग पुग्ने विश्वास लिएकोे बैंकले जनाएको छ।
प्रतिक्रिया