कारोबार


राष्ट्र बैंकको स्वायत्तता खोस्ने गरी ऐन बनाउन लागिएको भन्दै कर्मचारी संघले जनायो आपत्ति

राष्ट्र बैंकको स्वायत्तता खोस्ने गरी ऐन बनाउन लागिएको भन्दै कर्मचारी संघले जनायो आपत्ति

नेपालखबर
फागुन २, २०८१ शुक्रबार १६:५७, काठमाडौँ

नेपाल राष्ट्र बैंकको स्वायत्तता खोसिनलागेको भन्दै बैंकका कर्मचारीहरुले आपत्ति जनाएका छन्।

केन्द्रीय बैंकको स्वायत्तता खोस्ने कानुन बनाउनलागेको भन्दै नेपाल राष्ट्र बैैंक कर्मचारी संघ केन्द्रीय समितिले विज्ञप्ति जारी गरेर विरोध गरेको हो। 

नेपाल राष्ट्र बैंक ऐन २०५८ संशोधनको मस्यौदामा राष्ट्र बैंकको स्वायत्तता खोस्ने व्यवस्था गरिएको उनीहरुले उल्लेख गरेका छन्। 

बैंकको स्वायत्तता संस्थागत गर्ने प्रावधानहरुमा आक्रमण गर्ने उद्देश्यले प्रचलित विधि र प्रक्रियाविपरीत ऐनलाई संशोधन गर्न तालुकदार मन्त्रालयका मन्त्री तथा सचिवले विना जानकारी कथित मस्यौदा समितिमार्फत संशोधनको मस्यौदा तयार पारेको उनीहरुको भनाइ छ। 

सोसँगै आवश्यक परामर्शको लागि बैंकमा आएको विषयप्रति गम्भीर ध्यानाकर्षण भएको विज्ञप्तिमा उल्लेख छ। 

राष्ट्र बैंक ऐन २०५८ को संशोधन गर्नका लागि तयार पारिएको प्रस्तावित मस्यौदामा केन्द्रीय बैंकको स्वायत्तता हनन गर्ने र बैंकमा कार्यरत कर्मचारीहरुको वृत्तिविकास तथा पेसागत हकहितका सवालमा आक्रमण गर्ने मनसायले केही बुँदा थपिएको बताइएको छ। 

संघका महासचिव कृष्ण प्रसाद खरालका अनुसार संघले माघ २३ गते नै ध्यानाकर्षण पत्र राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीसहितका उच्चपदस्थ व्यवस्थापनलाई बुझाइसकिएको छ। 

बैंकको स्वायत्ततालाई अक्षुण्ण राख्ने हिसाबले आवश्यक परामर्शको साथै पहलहरु समेत गर्न संघले माग गरेको छ। 
 
कर्मचारी संघले केन्द्रीय बैंकको स्वायत्तता अन्तर्राष्ट्रिय मुद्रा कोष, विश्व बैंक लगायतका अन्तर्राष्ट्रिय वित्तीय संस्थाहरुको समेतको सरोकार हुने हुँदा सीमित समूहको स्वार्थपूर्तिका लागि ऐनमा छेडखानी गर्नु गलत भएको उल्लेख गरेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad