ad ad

कारोबार


इ–सेवा र मिडास एजुकेसनको सहकार्य : विद्यार्थीले घरमै निःशुल्क अध्ययन गर्न सकिने

इ–सेवा र मिडास एजुकेसनको सहकार्य : विद्यार्थीले घरमै निःशुल्क अध्ययन गर्न सकिने

नेपालखबर
चैत १०, २०७६ सोमबार १०:२२,

भुक्तानी सेवा प्रदायक इ–सेवा र मिडास एजुकेसनको सहकार्यमा विद्यार्थीहरूलाई निःशुल्क घरमै अध्ययन गर्न सकिने सेवा व्यवस्था मिलाइएको छ।

विश्वव्यापी महामारी निम्त्याएको कोरोनाका कारण सम्पूर्ण स्कुलहरू बन्द रहेको अवस्थामा विद्यार्थीहरूले घरमै बसेर निःशुल्क रूपमा श्रव्य दृश्यमार्फत अध्ययन गर्न सक्नेछन्।

अध्ययनका लागि विद्यार्थीहरूले मिडास एजुकेसनको मोबाइल एप्स डाउनलोड गर्नुपर्नेछ। एप्लिकेसनमा अर्डरमा क्लिक गरेपछि मागिएको कोडमा इ–सेवा राखेर आफूले चाहेको विषय अध्ययन गर्न पाइनेछ। नर्सरीदेखि कक्षा १० सम्मका विद्यार्थीले आफूले चाहेको विषय अध्ययन गर्न सक्नेछन्।

मिडासले विगत एक दशकदेखि नर्सरी देखि १० कक्षासम्मका पाठ्यक्रममा आधारित श्रव्य दृष्य सामाग्री मार्फत अध्यापन गराउँदै आएको छ । विद्यार्थीहरू स्कुल जान नपाइरहेको अवस्थामा घरमै बसेर मोबाईल मार्फत अध्ययन गर्न सकुन् भन्ने उदेश्यले यो सेवा दिइएको हो ।

इसेवा नेपालको पहिलो भुक्तानी सेवाप्रदायक हो। इसेवामार्फत मोबाईल, टेलिफोन, इन्टरनेट, बिजुली तथा खानेपानीको महशुल भुक्तानी, रिचार्ज, हवाइजहाज, बसको टिकट, स्कुल कलेजको शुल्क लगायतका दुई हजार भन्दा बढी सेवाहरूको शुल्क भुक्तानी गर्न सकिन्छ ।

इसेवामा हाल ४९ वटा बैंक तथा वित्तीय संस्था सदस्य रहेका छन्। यी बैंकबाट इसेवामा सहजै रकम जम्मागर्न तथा इसेवाबाट बैंक खातामा रकम पठाउन सकिन्छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .