ad ad

समाज


हिरा लुटेको आरोपमा तीन प्रहरी र एक जना पत्रकार पक्राउ

हिरा लुटेको आरोपमा तीन प्रहरी र एक जना पत्रकार पक्राउ

नेपालखबर
चैत १०, २०७६ सोमबार १०:२९,

मकवानपुर प्रहरीले बहुमूल्य पत्थर (हिराजस्तै देखिने) लुटपाटमा संलग्न भएको भन्दै प्रहरी सहायक निरीक्षकसहित तीन प्रहरी र आफूलाई पत्रकार बताउने एक जनालाई पक्राउ गरेको छ।

मकवानपुरको कैलाश गाउँपालिका–५ का ७० वर्षीया वृद्धा धनलक्ष्मी गुरुङको साथमा रहेको हिरा खरिद गर्ने बहानामा हेर्न मागेको र मोलमोलाई गरेको जस्तै गरी पेस्तोल देखाएर लुटपाट गरी भागेको उनीहरुलाई आरोप लागेको छ।

आफूलाई पत्रकार बताउने ललितपुर महानगरपालिका भैँसेपाटी बस्ने वर्ष १९ का सुजन आचार्य, सुर्खेत वीरेन्द्रनगर–१२ बस्ने वर्ष २६ का प्रहरी सहायक निरीक्षक सुरेन्द्र बसेल, जाजरकोट शिवालय–२ बस्ने वर्ष २७ का प्रहरी जवान वीरबहादुर बस्नेत र दाङ सिजुवा गाउँपालिका–१ बस्ने वर्ष २८ का प्रहरी जवान हिमकान्त पुन मगरलाई पक्राउ गरी आज पत्रकार सम्मेलनमार्फत सार्वजनिक गरिएको हो। 

 IMG_3395.JPG

लुटपाटको खबरपछि खटिएको इलाका प्रहरी कार्यालय पालुङको टोलीले उनीहरूलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रमुख प्रहरी उपरीक्षक सुशीलसिंह राठौरले जानकारी दिए।

प्रहरीले उनीहरूको साथबाट ६१.३० क्यारेटको बहुमूल्य पत्थर हिरा १२.२६० ग्राम एक थान, गोलीलोड भएको म्याग्जिनसहितको चाइनिज पेस्तोल एक थान, विभिन्न कम्पनीका वाकीटकी सेट चार थान, क्यामरा एक थान, मेटल डिटेक्टर दुई थान, मोबाइल छ थान, ल्यापटप एक थान, वन्यजन्तुको सिङजस्तो देखिने वस्तु एक थान र लुटपाट गरी भाग्न प्रयोग गरिएको प्रदेश–३–०१–०१–००२२ च ३३६२ नंको कार बरामद गरेको छ। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .