कारोबार


बैंकिङ सेवा नराेक्न राष्ट्र बैंकले जारी गर्‍याे सर्कुलर

बैंकिङ सेवा नराेक्न राष्ट्र बैंकले जारी गर्‍याे सर्कुलर

नेपालखबर
चैत ९, २०७६ आइतबार १०:५३,

कुनै पनि बैंकले आफ्नो सेवा बन्द गर्न नपाउने गरी नेपाल राष्ट्र बैंकले सर्कुलर जारी गरेको छ। बैंकिङ सेवा अत्यावश्यक सेवा भएकोले यसलाई बन्द गर्न नपाउने गरी राष्ट्र बैंकले 'क', 'ख', 'ग' र 'घ' वर्गका सबै बैंकलाई निर्देशन जारी गरेको हो।

सरकारले अत्यवश्यक सेवाबाहेक अन्य सेवा चैत ९ देखि चैत २१ सम्म बन्द गर्न भनेको र बैंकिङ सेवा अत्यावश्यक नै रहेको राष्ट्र बैंकले भनेको छ।

कोरोनाका कारणले सबै क्षेत्रलाई असर गरे पनि सकेसम्म कम कर्मचारीबाट सजग रहि सेवा भने सूचारु गर्नुपर्ने राष्ट्र बैंकको भनाइ छ।

साथै राष्ट्र बैंकले सबै कर्मचारीहरुलाई कोरोनाबाट बच्ने उपायहरु अपनाउन भनेको छ।

बैंकले दिने विद्युतीय कारोबारलाई पनि प्रोत्साहन गर्न सर्कुलरमा भनिएको छ।

सरकारले विश्व महामारी काेराेना भाइरसकाे संक्रमण फैलिनसक्ने भन्दै अत्यावश्यकबाहेकका सेवा बन्द गर्न निर्देशन दिएसँगै विद्यालय, कलेज, व्यवसाय राजधानी काठमाडाैंमा बन्द भएका छन्। 

तर राष्ट्र बैंककाे निर्देशनसँगै अब बैंकिङ सेवा भने बन्द नहुने भएकाे छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad