कारोबार


यती एयरलाइन्सले घटायो हवाइ भाडा दर, कहाँ कति? (सूची)

यती एयरलाइन्सले घटायो हवाइ भाडा दर, कहाँ कति? (सूची)

नेपालखबर
चैत ९, २०७६ आइतबार १०:५८,

निजी क्षेत्रको हवाइ सेवा प्रदायक यती एयरलान्सले आन्तरिक उडानमा टिकटको मूल्य घटाएको छ। कोरोना संक्रमणको प्रभावले काठमाडौंबाहिर जाने यात्रुहरुको सहजताको लागि भाडा घटाएको कम्पनीले जनाएको छ।

यतीले भद्रपुर, विराटनगर, भैरहवा, नेपालगञ्ज र पोखराको लागि मूल्य घटाएको हो। कम्पनीले हवाइ भाडादर चैत १० देखि २१ गतेसम्म लागू हुने बताएको छ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, वायुसेवा सञ्चालक संघ र सर्वसाधारणको अनुरोधमा लामो दूरीका सवारीसाधन सञ्चालनमा नआउँदासम्मका लागि टिकट सस्तो बनाएको बताएको छ।

कति पुग्यो भाडा?
यतिले नयाँ टिकटदर भद्रपुर ६ हजार २ सय, विराटनगर ५ हजार ५ सय, भैरहवा ४ हजार ९सय, नेपालगञ्ज ६ हजार ३ सय र पोखरा ३ हजार ७ सय मूल्य रहेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad