कारोबार


आइतबार ‘हाफ सेन्चुरी’ हानेको नेप्से सोमबार करेक्सनमा, २ अंकले बढ्यो

आइतबार ‘हाफ सेन्चुरी’ हानेको नेप्से सोमबार करेक्सनमा, २ अंकले बढ्यो

नेपालखबर
माघ २१, २०८१ सोमबार १५:२२, काठमाडौँ

आइतबार ६९.८० अंकले बढेको नेप्से सोमबार भने करेक्सनमा गएको छ।

यो दिन दिनभरजसो एकल अंकको उतारचढावमा रमाएको नेप्से अन्तिममा सामान्य अंकले बढेर बन्द भएको हो। 

सोमबार २.४१ अंकले बढेर नेप्से २७३०.० अंकमा बन्द हुन पुग्यो। यस्तै कारोबार यो दिन  ११ अर्ब ८७ करोड रुपैयाँको भएको छ।

आइतबार भने लगानीकर्ताले १२ अर्ब ९५ करोडको कारोबार गरेका थिए। 

एकै दिन नेप्सेमा ठूलो अंकको वृद्धि देखिएमा भोलिपल्टको बजार करेक्सनमा जाने गर्दछ। भोलिपल्ट नाफा निकाल्न लगानीकर्ता व्यस्त देखिने हुँदा आजको कारोबारमा पनि यही प्रवृत्ति देखियो। 

बजार करेक्सनमा गए पनि बैंकिङ, जीवन बिमालगायतका ७ वटा समूहको सूचकमा सामान्य वृद्धि देखिँदा त्यसको असर समग्र बजारमा देखियो।

फलत: दिनभर अधिकतम ४० अंकसम्मले घटेको नेप्से अन्तिममा भने सम्हालिएर २ अंकको वृद्धिसँगै बन्द भयो।

आज नेप्से अधिकतम विन्दु २७६४ छुन सफल देखियो भने न्यूनतम विन्दु २७२३ अंकसम्म ओर्लियो। समग्रमा २७३० अंकमा बजार बन्द भएको हो। 

यो दिन कारोबारमा आएका ३१९ सेयरमध्ये ९७ वटाको बढ्दा १३७ वटाको मूल्य घटेको छ। ८ वटाको भने मूल्यमा कुनै परिवर्तन छैन। 

आज बढ्नेमा उपकार लघुवित्त वित्तीय संस्था र भूगोल इनर्जी डेभलपमेन्ट बैंक अगाडि छन्। यी दुवै कम्पनीको मूल्यमा १० प्रतिशतको वृद्धिसहित सकारात्मक सर्किट लागेको हो। 

यस्तै घट्नेमा भने आज ग्रीन डेभपलमेन्ट बैंक र रिभरफल्स पावर कम्पनी अगाडि छ। यी दुवै कम्पनीको मूल्यमा १० प्रतिशतको गिरावटसँगै नकारात्मक सर्किट लागेको हो।

कारोबारका आधारमा आज पनि एनआरएन इन्फ्राइन्ट्रक्चर एण्ड डेभलपमेन्ट कम्पनी अगाडि छ। आइतबार ४१ करोडको कारोबार गरेका लगानीकर्ताले सोमबार पनि ३५ करोडको सेयर कारोबार गरेका हुन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad