ग्लोबल


रुबियोको पहिलो विदेश भ्रमण : तत्काल चिनियाँ प्रभाव रोक्न पानामालाई धम्की

पानामाले अमेरिकी युद्धपोतलाई निशुल्क यात्रा गर्न दिने र बीआरआई नवीकरण नगर्ने
रुबियोको पहिलो विदेश भ्रमण : तत्काल चिनियाँ प्रभाव रोक्न पानामालाई धम्की

नेपालखबर
माघ २१, २०८१ सोमबार १५:३४,

पहिलो विदेश भ्रमणमा पानामा पुगेका अमेरिकी विदेशमन्त्री मार्को रुबियोले पानामा नहरमा चिनियाँ प्रभाव तुरुन्त रोक्न माग गरेका छन्। अन्यथा, सन्धिअनुसार अमेरिकी अधिकारको रक्षा गर्न आवश्यक कदम चाल्ने धम्की उनले दिए।

पानामाले भने रुबियोसँग अमेरिकी युद्धपोतहरूलाई नहरबाट निशुल्क पार हुन दिने र चीनको बीआरआई नवीकरण नगर्ने वाचा गरेको खबरहरूमा जनाइएको छ।

राष्ट्रपति डोनाल्ड ट्रम्पले पानामा नहर कब्जा गर्ने चेतावनीपछि रुबियो सो मुलुक पुगेका हुन्। उनले त्यहाँका राष्ट्रपति होसे राउल मुलिनोसँग भेट गरेका छन्।

दुई घण्टा लामो बैठकपछि उनीहरूले बेग्लाबेग्लै सन्देश दिए। मुलिनोले अमेरिकी सेनाले नहर कब्जा गर्ने गम्भीर खतरा आफूले नदेखेको बरु प्राविधिक तहमा ट्रम्पको चिन्ता सम्बोधन गर्न वार्ता गर्ने प्रस्ताव आफूले गरेको बताए।

मुलिनोले चीनको बीआरआई परियोजनालाई नवीकरण नगर्ने वाचा गरे। हाल चलिरहेको बीआरआई परियोजनाको म्याद २०२६ मा समाप्त हुँदैछ। 

ट्रम्पले चीनले पानामा नहर चलाइरहेको दाबी गर्दै आएका छन्। जसलाई पानामाले अस्वीकार गर्दै आएको छ। सो नहरको पाँचमध्ये दुईवटा बन्दरगाह हङकङको सीके हट्चिसन होल्डिङ्स लिमिटेड कम्पनीले सञ्चालन गर्दै आएको छ।

ट्रम्प अभिव्यक्तिपछि क्रुद्ध पानामाबासीले प्रदर्शन गरेका छन् र ट्रम्प तथा रुबियोको पुत्लादहन पनि गरेका छन्। एजेन्सी

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad