नेपालको पर्यटन क्षेत्रमा चलायमान हुँदै जाँदा २ अर्बले भ्रमण आय बढेको छ।
राष्ट्र बैंकको तथ्यांकअनुसार सेवा खाताअन्तर्गत समीक्षा अवधिमा भ्रमण आय ५.१ प्रतिशतले वृद्धि भई ४१ अर्ब ८६ करोड पुगेको हो।
अघिल्लो वर्षको सोही अवधिमा यस्तो आय ३९ अर्ब ८२ करोड रुपैयाँ थियो ।
समीक्षा अवधिमा खुद सेवा आय ४३ अर्ब ५३ करोडले घाटामा छ। अघिल्लो वर्षको सोही अवधिमा खुद सेवा आय रु.३५ अर्ब ४३ करोडले घाटामा रहेको थियो।
समीक्षा अवधिमा सेवा खाता अन्तर्गत भ्रमण व्यय ९.७ प्रतिशतले वृद्धि भई १ खर्ब १ अर्ब ९२ करोड पुगेको छ।
यसमध्ये शिक्षातर्फको व्यय ५६ अर्ब ८३ करोड छ। अघिल्लो वर्षको सोही अवधिमा भ्रमण व्यय ९२ अर्ब ८७ करोड रहेकोमा शिक्षातर्फको व्यय ५८ अर्ब ९५ करोड थियो ।
54
Shares

प्रतिक्रिया