नेपालको विदेशी विनिमय सञ्चिति २३ खर्ब बढी छ।
नेपाल राष्ट्र बैंकका अनुसार पुस मसान्तसम्म आइपुग्दा विदेशी विनिमय सञ्चिति २३ खर्ब १६ अर्ब ८४ करोड रुपैयाँ पुगेको हो।
गत असार मसान्तमा यस्तो सञ्चिति २० खर्ब ४१ अर्ब १० करोड थियो।
पछिल्लो ६ महिनामा सञ्चिति १३.५ प्रतिशतले बढेको हो। उक्त सञ्चितिले आर्थिक वर्ष २०८१/८२ को ६ महिनाको आयातलाई आधार मान्दा बैकिङ्ग क्षेत्रसँग रहेको विदेशी विनिमय सञ्चिति १७.३ महिनाको वस्तु आयात र १४.४ महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त रहने देखिन्छ।
42
Shares

प्रतिक्रिया