कारोबार


पुससम्म भित्रियो ७ खर्ब ६३ अर्ब रेमिट्यान्स

पुससम्म भित्रियो ७ खर्ब ६३ अर्ब रेमिट्यान्स

नेपालखबर
माघ २०, २०८१ आइतबार १७:२१, काठमाडौँ

चालू आर्थिक वर्षको दोस्रो त्रैमासिकसम्म ७ खर्ब ६३ अर्ब रेमिट्यान्स भित्रिएको छ। 

नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको दोस्रो त्रैमासिकको वित्तीय विवरणमा ४.१ प्रतिशतले वृद्धि भई कुल ७ खर्ब ६३ अर्ब ८ करोड रुपैयाँ पुगेको उल्लेख गरेको हो।

अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह २२.२ प्रतिशतले बढेको थियो। 

यस अवधिमा खुद द्वितीय आय (खुद ट्रान्सफर) ८ खर्ब ३२ अर्ब ७६ करोड पुगेको छ। अघिल्लो वर्षको सोही अवधिमा यस्तो आय ७ खर्ब ९९ अर्ब ५४ करोड रहेको थियो। 

पुससम्मका ६ महिनामा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत–नयाँ) लिने नेपालीको संख्या २ लाख ३० हजार ४३९ र पुनः श्रम स्वीकृति लिनेको संख्या १ लाख ६२ हजार ६२८ रहेको छ। अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या क्रमशः २ लाख ६ हजार ३९० र १ लाख ३३ हजार ९४० रहेको थियो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad