श्रम स्वीकृति लिएर वैदेशिक रोजगारीका लागि क्रेष्ट माइक्रो लाइफले आईपीओ निष्काशन गरेको छ।
कम्पनीले आजबाट आवेदन दिन सकिने गरी १ सय रुपैयाँ अंकित दरमा आईपीओ जारी गरेको हो। कम्पनीले २ लाख २५ हजार कित्ता सेयर निष्काशनमा ल्याएको हो।
कुल निष्काशनमा ल्याउने सेयरको १० प्रतिशत सेयर वैदेशिक रोजगारीमा गएकाहरुका लागि छुट्याउने व्यवस्थाअनुरुप कम्पनीले आजबाट आईपीओ निष्काशनमा ल्याएको हो।
आईपीओमा न्यूनतम १० कित्ता र अधिकतम १० हजार कित्ताका लागि आवेदन दिन सकिनेछ। माघ २९ सम्म आईपीओमा आवेदन दिन सकिनेछ।
42
Shares

प्रतिक्रिया