राजनीति


संसद्‍मा पूरा समय उपस्थित हुन एमाले सांसदहरूलाई ओलीको निर्देशन

संसद्‍मा पूरा समय उपस्थित हुन एमाले सांसदहरूलाई ओलीको निर्देशन

नेपालखबर
माघ १५, २०८१ मंगलबार १४:४४, काठमाडौँ

प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले संसद् र संसदीय समितिका बैठकमा पूरा समय उपस्थित हुन सांसदहरूलाई निर्देशन दिएका छन्। 

मंगलबार बानेश्वरमा बसेको एमालेको संसदीय दलको बैठकमा उनले गलत ढंगले कुनै पनि विधेयक पारित नहोस् भन्नका लागि पनि पुरा समय बैठकमा उपस्थित हुनुपर्ने बताए।

‘समितिहरुमा हाम्रो उपस्थिति तुलनात्मकरुपमा राम्रो छ, तुलनात्मकरुपमा मात्रै राम्रो छ,’ ओलीले भने, ‘त्यसकारण संसद्‍मा, समितिका बैठकहरुमा हाम्रो उपस्थिति पुरा समय हुनुपर्दछ। र, कुनै पनि कुरा गलत ढंगले पारित भएर जानु भएन। अनुपस्थित भइयो भने के पारित हुन्छ, के पारित हुन्न।’ 

ओलीले संसद्‍मा भूमिका खेल्न जनताले आफूहरुलाई पठाएको भन्दै झुठा लान्छानाहरुको प्रतिवाद गर्न समेत सांसदहरुलाई निर्देशन दिए। 
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad