गएको शुक्रबार बढेको सुनको मूल्य आज घटेको छ। शुक्रबार प्रतितोला एक हजार रुपैयाँ बढेको सुनको मूल्य आज तोलाको दुईसय रुपैयाँ घटेको हो।
सुनको मूल्य आज तोलाको एक लाख ६० हजार चारसय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।
गएको शुक्रबार सुनको मूल्य तोलाको एक लाख ६० हजार ६ सय रुपैयाँ थियो।
आज चाँदीको मूल्य पनि तोलाको १५ रुपैयाँ घटेको छ। चाँदीको मूल्य आज प्रतितोला एक हजार आठसय ६५ रुपैयाँ कायम भएको महासंघले जनाएको छ।
गएको मंसिर तेस्रो साता सुनको मूल्य दुई दिनमै तोलामा साढे १८ हजार रुपैयाँ घटेको थियो।
गत कात्तिक १५ गते सुनको मूल्यले हालसम्मकै महँगो कीर्तिमान बनाएको थियो। त्यो दिन सुन प्रतितोला १ लाख ७१ हजार रुपैयाँ पुगेको थियो। सरकारले भन्सारदर घटाएपछि सुनचाँदीकै मूल्यमा गिरावट आएको हो।
Shares

प्रतिक्रिया