राजनीति


संसद् बैठक बस्नुअघि सभामुखले दलहरुसँग सघन छलफल गर्ने

संसद् बैठक बस्नुअघि सभामुखले दलहरुसँग सघन छलफल गर्ने

नेपालखबर
माघ १३, २०८१ आइतबार ११:३८, काठमाडौँ

सभामुख देवराज घिमिरेले माघ १८ गते बस्न लागेको संसद्को हिउँदे अधिवेशनबारे सत्तारुढ र विपक्षी दलका मुख्य सचेतक, प्रमुख सचेतकसँग छलफल गर्ने भएका छन्। 

घिमिरेले आइतबार बिहान ११ बजे सत्तापक्षका मुख्य सचेतक र प्रमुख सचेतकसँग छफल गर्ने भएका छन्। त्यस्तै दिउँसो २ बजे प्रमुख प्रतिपक्ष तथा प्रतिपक्षी दलका प्रमुख सचेतकसँग छलफल गर्नेछन्। 

त्यस्तै सोमबार पनि उनले संवाद जारी राख्नेछन्। उनले सोमबार बिहान ११ बजे प्रमुख पाँच दलका मुख्य सचेतक र प्रमुख सचेतकसँग सिंहदरबारमा छलफल गर्नेछन्। 

मंगलबार भने सभामुख घिमिरेले कार्यव्यवस्था परामर्श समितिको बैठक राखेका छन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad