कारोबार


इप्पानको रजत जयन्तीमा प्रधानमन्त्री ओली (तस्बिरहरू)

इप्पानको रजत जयन्तीमा प्रधानमन्त्री ओली (तस्बिरहरू)

सरोज बैजु
माघ ४, २०८१ शुक्रबार १४:१८, काठमाडौँ

प्रधानमन्त्री केपी शर्मा ओलीले स्वतन्त्र ऊर्जा उत्पादक संघ(इप्पान) को रजत जयन्तीका अवसरमा आयोजित कार्यक्रममा सहभागी भएका छन्। 

रजत जयन्तीको अवसरमा शुक्रबार म्यारियट होटलमा विशेष कार्यक्रम आयोजना गरिएको थियो। कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले स्वदेशमै फलामखानी र मल कारखानाजस्ता ठूला उद्योगको स्थापना हुने क्रममा रहेको र बन्द भएका उद्योगलाई नयाँ ढाँचामा सञ्चालनको तयारी भएकाले उत्पादित ऊर्जाको खपतको चिन्त लिइरहनु नपर्ने बताए।

सरकारले आगामी ११ वर्षभित्र २८ हजार पाँच सय मेगावाट विजुली उत्पादनको मार्गचित्र तयार गरेको समेत उनले बताए। ‘हामीसँग आठ वटा औद्योगिक क्षेत्रहरु छन्, धौबादी फलाम खानी र मल कारखाना खोल्दैछौँ,’ ओलीको भनाइ छ, ‘दैलेखमा ग्याँस उत्पादन हुँदैछ। ध्वस्त भएको उद्योगहरुले पुनःजीवन पाउँदैछन्। ती सबैमा ऊर्जाका खपद हुनेछ।’

कार्यक्रममा प्रधानमन्त्री ओली, ऊर्जामन्त्री दीपक खड्का लगायत सहभागी भएका थिए।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad