कारोबार


नेपाल बैंक र एनआईसीले यस वर्ष लगानीकर्तालाई लाभांश नदिने

नेपाल बैंक र एनआईसीले यस वर्ष लगानीकर्तालाई लाभांश नदिने

नेपालखबर
माघ २, २०८१ बुधबार ११:१, काठमाडौँ

एनआईसी एसिया बैंकले जस्तै नेपाल बैंकले पनि यस वर्ष लगानीकर्तालाई लाभांस नदिने भएको छ। एनआईसी एसिया र नेपाल बैंकले यस वर्ष लगानी कर्ताको हात रित्तै बनाउने भएका हुन्।

यी दुवै बैंकले गत आर्थिक वर्षको मुनाफाबाट लगानीकर्तालाई लाभांश नदिने निर्णय गरेका छन्। 

एनआईसी एसिया बैंकको पुस २९ गते बसेको ६९४ औँ सञ्चालक समितिको बैठकले लाभांश वितरण नगर्ने निर्णय गरेको थियो।

सोही दिन बसेको नेपाल बैंकको सञ्चालक समितिको बैठकले पनि लगानीकर्तालाई यस वर्ष कुनै पनि प्रकारको लभांश वितरण नगर्ने निर्णय गरेको हो।

यी दुवै बैंकले आर्थिक बर्ष २०८०/८१ को नाफाबाट लगानीकर्तालाई लाभांश नदिने निर्णय गरेका हुन्। 
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad