काठमाडौँको स्वर्णलक्ष्मी सहकारी ठगी मुद्दाका प्रतिवादी रवि लामिछानेबारेको थुनछेक बहसले आज (बुधबार) पनि निरन्तरता पाउने भएको छ।
त्यसका लागि गत आइतबारदेखि काठमाडौँ प्रहरी परिसरको हिरासतमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति लामिछानेलाई केही बेरअघि जिल्ला अदालत काठमाडौँ उपस्थित गराइएको छ।
यसअघि पोखराको सूर्यदर्शन सहकारी ठगीमा कात्तिक २ देखि कास्की जिल्ला प्रहरी कार्यालयको हिरासतमा रहेका पूर्वगृहमन्त्री लामिछाने कास्की जिल्ला अदालतको आदेशमा पुस २५ गते बिहीबार ६५ लाख धरौटी तिरेर रिहा भएका थिए।
यसपछि पुस २६ गते शुक्रबार साँझ काठमाडौँ आएका उनी पुस २८ गते आइतबार जिल्ला अदालत काठमाडौँमा आफैँ हाजिर भएका थिए।
198
Shares

प्रतिक्रिया