कारोबार


नेपाल इन्भेस्टमेन्ट मेघा बैंकले पायो जलवायु ग्रिन क्लाइमेट फन्डको मान्यता

नेपाल इन्भेस्टमेन्ट मेघा बैंकले पायो जलवायु ग्रिन क्लाइमेट फन्डको मान्यता

नेपालखबर
पुस २६, २०८१ शुक्रबार १७:५४, काठमाडौँ

नेपाल इन्भेस्टमेन्ट मेघा बैंकले ३४ अर्ब बराबरको ग्रिन फन्डको मान्यता पाएको छ।

बैंकले जलवायु परिवर्तन र यसको चुनौतिको सामाना गर्न आर्थिक सहयोग गर्दै आएको अन्तराष्ट्रिय कोष ग्रिन क्लाइमेट फन्ड (जिसीएफ)बाट मध्यस्तरको फन्डका लागि मान्यता पाएको हो।

यो सँगै नेपाल इन्भेस्टमेन्ट बैंक वाणिज्य बैंकहरुमा ग्रिन क्लामेट फन्डका लागि मान्यता पाउने पहिलो बैक बनेको छ।

कोषले बिकासशिल मुलुकहरुलाई प्रदान गर्दै आएको फन्डमध्ये नेपाललाई बैंक मार्फत मध्यमखालको फन्ड उपलब्ध गराउने भएको हो।

यसले बैंकलाई ५० मिलियनदेखि २५० मिलियन डलरसम्म फन्डका लागि मान्यता दिएको छ।

बैंकले उक्त फन्डलाई नेपालको जलवायु परिवर्तन न्यूनीकरण गर्ने तथा सम्बोधन गर्ने परियोजनाहरूमा खर्च गर्ने जनाएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad