कारोबार


नागपोखरीमा नामीको ‘दामी’ शोरुम : सिल्भर कलरको भेरियन्ट लन्च

नागपोखरीमा नामीको ‘दामी’ शोरुम : सिल्भर कलरको भेरियन्ट लन्च

तस्बिर : सरोज वैजु


नेपालखबर
पुस २६, २०८१ शुक्रबार १५:४४, काठमाडौँ

चिनियाँ ब्रान्ड डोङफेङ नामीले काठमाडौंमा पहिलो आधिकारिक शोरुम सञ्चालनमा ल्याएको छ। नाडा अटो शोमा बुकिङ सुरु गरेको नामीले नागपोखरी गणतन्त्र पार्क छेउँमा शोरुम उद्‍घाटन भएको हो।

एमएडब्ल्यू वृद्धि मोटर्सले आयातित ४०० गाडी बिक्री गरिसकेको जनाएको छ। डोङफेङ मोटर्सका कन्ट्री म्यानेजर फान झियुआन, एमएडब्ल्यू वृद्धि समूहका अध्यक्ष विष्णु कुमार अग्रवाल, एमएडब्ल्यू वृद्धिका एमडी विवेक सिकरियाले उद्‍घाटन गरे।

 नयाँ शोरुम सञ्चालनसँगै नामीको सिल्भर कलर भेरियन्टको लन्च गरेको छ।
 

ग्राहकहरूलाई बहुआयामिक अनुभव प्रदान गर्ने गरी नयाँ शोरूमको डिजाइन गरिएको कम्पनीले जनाएको छ।

जसले नामीका सुविधाहरू प्रदर्शन गर्दै विशेषज्ञ परामर्श प्रदान गर्दछ र निर्बाध रूपमा आफ्टर सेल्स सर्भिस पनि प्रदान गर्दछ। ग्राहकहरूले कर्मचारीहरू प्रत्यक्ष अन्तरक्रिया गर्दै आधुनिक र सहज वातावरणमा नामी अन्वेषण गर्न र यस ब्रान्डको प्रत्यक्ष अनुभव गर्न सक्नेछन्।

एमएडब्लु वृद्धिका अध्यक्ष विष्णु अग्रवालले चीनको ठुलो कम्पनी रहेकाले विश्वासनीय रहेको बताए। नेपालमा एमएडब्लु समुहले अटो मोबाइल क्षेत्रमा राम्रो ट्रयाक रेकर्ड बनाएकाले नेपाल भित्रिएको छोटो समयमै नामीले राम्रो बजार पाएको सुनाए।

एमएडब्लु समुहले कुनै गाडी समस्या आए जिम्मेवारी लिनुका साथै विक्रीपटिको सेवा र सर्भिसमा ध्यान दिने गरेको अग्रवालले बताए। उनका अनुसार १७५ चार्जिङ स्टेसन स्थापना गरिसकेको र १३३ चार्जिङ स्टेशन थप्ने योजना रहेको बताए।

त्यस्तै, नयाँ शोरूममा जनवरी ११ देखि १६ सम्म आयोजना हुने गरी मेगा टेस्ट ड्राइभ क्याम्पको घोषणा गरिएको छ। यो क्याम्पले सम्भावित ग्राहकहरूलाई नामीको प्रत्यक्ष अनुभव लिने अवसर प्रदान गर्नेछ।

 ग्राहकहरूले ‘नाउ अर नेभर’ मेगा अफरहरूबाट फाइदा लिन सक्छन्। जसमा ७ किलोवाटको वाल चार्जर र आकर्षक नगद छुट समावेश छ।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad