गत वर्ष २०२४ को डिसेम्बर महिनामा थाइल्यान्डको विभिन्न इलेक्ट्रिक सवारी बिक्रीको आंकडा अनुसार नेटाले ६८४ युनिट प्राप्त गरेको बताइएको छ। उक्त तालिकामा नेपालमा समेत उपलब्ध रहेका विभिन्न ब्राण्डका इलेक्ट्रिक सवारी साधनहरु समाबेश भएको पाउन सकिने कम्पनीले जनाएको छ।
नेपालका लागि नेटा ब्रान्डको आधिकारीक वितरक सिजी मोर्टसले नेटाका यी दुवै मोडलका कारहरू नेपालमा पनि बिक्री वितरण गर्दै आईरहेको छ।
नेटा भी क्रसओभर वर्गमा इलेक्ट्रिक वाहन चाहने व्यक्तिहरूको लागि एक महत्वपूर्ण विकल्प हो। यसको ४०.७ किलोवाट ब्याट्रीले राम्रो क्षमता प्रदान गर्दछ। जबकि ५० किलोवाट मोटरले दमदार प्रदर्शन सुनिश्चित गर्दछ।

१२० एनएम टर्कले यसको गतिशील ड्राइभिङ अनुभवलाई थप उजागर गर्दछ, जसले तीब्र गतिको सवारी र ह्यान्डलिङलाई सुधार्छ।
नेटा भी छिटो २० मिनेटको चार्जमा ३० प्रतिशतबाट ८० प्रतिशतसम्म ब्याट्रीलाई चार्ज गर्न सक्छ। यसमा एकल चार्जमा ३८० किमि दायरा छ र यो सीएटीएसका लिथियम आयरन फस्फेट ब्याट्रीले चल्दछ, जसको ८ वर्ष वा १५० हजार किमि वारेन्टी छ।
नेटा एक्स एकल चार्जमा ५०० किमि सम्म यात्रा गर्न सक्छ। यसमा १८५ मिमि ग्राउन्ड क्लियरन्स छ, जसले चालकलाई सुरक्षा महसुस गराउँछ। सीएएल्टीका अत्याधुनिक लिथियम आयरन फस्फेट ब्याट्रीहरूले सुसज्जित नेटा एक्सले पनि ८ वर्ष वा १ लाख ८० हजार किमि वारेन्टीको साथ विश्वसनीयता र दीर्घकालीन टिकाउपनको ग्यारेन्टी दिन्छ।
यी सुविधाहरूले नेटा एक्स लाई एक बहुपरकारी र पर्यावरणमैत्री एसयूभीको रूपमा आकर्षक विकल्प बनाउने कम्पनीको भनाई छ।
Shares

प्रतिक्रिया