कास्की जिल्ला अदालतको आदेशमा बिहीबार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने रिहा भएपछि सहकारी संस्थाको बचत रकम दुरुपयोग सम्बन्धमा गठित संसदीय छानबिन विशेष समितिका सभापति सूर्य थापाले एकपछि अर्को स्टाटस लेखिरहेका छन्।
कास्की जिल्ला अदालतका न्यायाधीश नितिज राईको इजलासले पूर्वगृहमन्त्री रविलाई ६५ लाख रुपैयाँ धरौटीमा रिहा गर्न आदेश दिएपछि ‘सहकारीको रकमबाटै गोरखा मिडिया नेटवर्कमा ७५ लाख रविको सेयरबापत भुक्तानी गरेको खुलासा’ गरेका सभापति थापाले यसको एक घण्टापछि फेसबुकमा फेरि अर्काे स्टाटस लेखेका छन्।
पोखराको सूर्यदर्शन सहकारी ठगी प्रकरणमा पक्राउ परेका रविसहित सातै प्रतिवादीलाई धरौटीमा रिहा गर्न अदालतले आदेश दिएको हो।
दोस्रो स्टाटसमा थापाले कास्की जिल्ला अदालतको आदेशप्रति असन्तुष्टि व्यक्त गरेका छन्।
थापाले लेखेका छन्, ‘अदालतको यस आदेशको पनि माथिल्लो तहबाट परीक्षण हुन्छ। त्यस निम्ति ७३ नं. को व्यवस्था मौजुद नै छ।’

सूर्य थापाकै संयोजकत्वको संसदीय छानबिन समितिको प्रतिवेदनबमोजिम रविविरुद्ध सहकारी ठगी आरोपको अनुसन्धान प्रक्रिया अघि बढाइएको थियो।
Shares

प्रतिक्रिया