कारोबार


टाटा ‘न्यु व्हील्स, न्यु डिल्स’को हरेक बुकिङ्गमा आकर्षक उपहार

टाटा ‘न्यु व्हील्स, न्यु डिल्स’को हरेक बुकिङ्गमा आकर्षक उपहार

नेपालखबर
पुस २५, २०८१ बिहिबार १९:५८, काठमाडौँ

सन् २०२५ नयाँ वर्षको अवसरमा नेपालका लागि टाटा मोटर्सको एकमात्र अधिकारिक वितरक, सिप्रदी ट्रेडिङले यही पुस २६ देखि २८ गतेसम्म ‘न्यु व्हील्स, न्यु डिल्स’ कार्यक्रम आयोजना गर्दैछ।

यस अवधिमा टाटाको नेपालमा अत्याधिक रुचाइएको टियागो इभी र पन्च इभीको हरेक बुकिङ्गमा आकर्षक डिल्सको साथै आकर्षक उपहार प्राप्त गर्न सकिने कम्पनीले जनाएको छ।

यो एक्सचेन्ज क्याम्पमा जुनसुकै ब्राण्डका पुराना गाडीहरुसँग आकर्षक डिल्समा टियागो इभी र पन्च इभी साट्न सकिने छ।

आकर्षक एक्सचेन्ज बोनसको साथै उक्त कार्यक्रममा गाडी खरिद गर्ने ग्राहकहरुले सिप्रदीको चार्जिङ नेटवर्कमा लाइफ टाइम निःशुल्क चार्जिङ, निःशुल्क इम्बोस्ड नम्बर प्लेट, १ वर्षको सवारी कर, एक्सेसरिज र हरेक बुकिङ्गमा आकर्षक उपहार प्राप्त गर्न सक्नेछन्।  

‘न्यु व्हील्स, न्यु डिल्स’ टाटा मोटर्सको देशभर रहेका शोरुमहरुमा आयोजना हुन लागेको छ। सो अवसरमा ग्राहकहरुले टाटा मोटर्सको नयाँ तथा अत्याधुनिक डिजाइनका उत्पादनहरु अवलोकन तथा टेष्ट ड्राइभ गर्न सक्नेछन्।

साथै, नयाँ गाडी खरिद गरेर भरपुर फाईदा उठाउन कम्पनीले अनुरोध समेत गरेको छ।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad