कारोबार


निर्माण व्यवसायीको चेतावनी : पुस २७ गतेको राष्ट्रिय भेलामार्फत सडक आन्दोलनमा जान्छौँ

निर्माण व्यवसायीको चेतावनी : पुस २७ गतेको राष्ट्रिय भेलामार्फत सडक आन्दोलनमा जान्छौँ

नेपालखबर
पुस २४, २०८१ बुधबार १५:१४, काठमाडौँ

नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष रवि सिंहले निर्माण व्यवसायीहरू पुस २७ गतेको राष्ट्रिय भेलामार्फत सडक आन्दोलनमा जाने बताएका छन्।

मंगलबार ललितपुरमा पूर्वाधार पत्रकार समाजले आयोजना गरेको कार्यक्रममा बोल्दै अध्यक्ष सिंहले यस्तो बताएका हुन्। वर्तमान परिवेशमा निर्माण क्षेत्र सकसमा रहँदा पनि राज्यले निर्माण व्यवसायीहरुका समस्या समाधान नगरेकाले सडक आन्दोलनमा जान बाध्य भएको बताए।

अध्यक्ष सिंहले पुस २७ गते निर्माण व्यवसायीहरुको राष्ट्रिय भेला गरी सरकारलाई खबदारी गर्ने योजना रहेको बताए। भेलामा ७७ जिल्ला र प्रदेशका प्रतिनिधिहरु रहने उनले जानकारी दिए। उनले भेलाको विषयमा सरकारका सबै निकायलाई जानकारी दिएको बताए।

उनले भने,‘वर्तमान परिवेशमा निर्माण क्षेत्र अत्यन्तै सकसमा छ। पुस २६ गते निर्माण व्यवसायीहरूको राष्ट्रिय भेला गरी सरकारलाई खबदारी गर्नेछौँ। यो भेला निर्माण क्षेत्रको समस्या समाधानको लागि आन्दोलनको रुपमा लैजान पनि सकिन्छ। ७७ जिल्ला र प्रदेशका प्रतिनिधिहरुसहित भेला हुने छ। आन्दोलित भएर सडकमा जानुपर्ने अवस्था आएको छ।’

उनले सकसमा रहेको निर्माण क्षेत्र सिमेन्ट उद्योगीहरूले उत्पादनलाई कटौती गरेर मूल्यमा गरेको कालोबजारीले थप मारमा परेको बताए। उनले सिमेन्ट उद्योगीहरूले सिमेन्टको मूल्य ५ सयबाट ७७० रुपैयाँसम्म पुर्याएको बताए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad