कारोबार


विवाद बढेपछि १ महिना थपियो पासपोर्ट छपाइको आवेदन दिने समय

विवाद बढेपछि १ महिना थपियो पासपोर्ट छपाइको आवेदन दिने समय

नेपालखबर
पुस २२, २०८१ सोमबार १८:३४, काठमाडौँ

राहदानी विभागले पासपोर्ट छपाइको आवेदन दिने अवधि १ महिना थप गरेको छ।

राहदानी विभागले आह्वान गरेको बोलपत्रमा विवाद बढेसँगै फेब्रुअरी ११ सम्म आवेदन दिन सक्ने गरी समय संशोधन भएको हो। 

१२ जनवरीसम्म आवेदन दिने व्यवस्था रहेको थियो। एक हप्ता बाँकी रहँदा बोलपत्र संशोधन गरेको छ। 

राहदानी विभागले मंसिर १३ गते पासपोर्ट छपाइको लागि टेन्डर आह्वान गरेको थियो। तर त्यसमा फ्रान्सेली कम्पनी आइडेमियालाई सहज हुने गरी सर्त राखिएको भन्दै विवाद भइरहेको छ।

१५ वर्षदेखि नेपाली पासपोर्ट छपाइमा राज गरिरहेको फ्रान्सेली कम्पनीलाई नै टेन्डर दिने गरी डकुमेन्ट तयार गरेको भन्दै सार्वजनिक खरिद अनुगमन कार्यालय र अख्तियार दुरुपयोग अनुसन्धान अयोगमा उजुरी परेका छन्। 

सार्वजनिक खरिद अनुगमन कार्यालयले आइतबार मात्रै पासपोर्ट छपाईको बोलपत्रमामा गुनासो आएको भन्दै सबै पत्रको जफाव ३ दिनभित्र दिन पत्र काटेको छ। 

सार्वजनिक खरिद अनुगमन कार्यालय र अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा परेका उजुरी संबोधन गर्न पुन पत्र पठाएको छ।

इन्जिनियर सुभाष कुमार खड्काले खरिद अनुगमन कार्यालयले काटेका पत्र र अख्तियार दुरुपयोग अनुसन्धान आयोगले काटेका पत्र पठाएइएको उल्लेख गर्दै ३ दिनभित्र जवाफ दिन निर्देशन दिएको छ। 

खरिद अनुगमन कार्यालयले आइतबार २ वटा ठेक्का प्याकेजको ठेक्का लगाउँदा हाल छपाई गरिरहेको कम्पनीले नै पाउनेगरी टेन्डर डकुमेन्ट तयार गरेको भन्दै विभिन्न ठाउँमा उजुरी परेका छन्। 

‘यस कार्यालयबाट पत्रचार गरिएको व्यहोरा एवं पत्रको व्यहोराको समेत अध्ययनगरी के कसो भएको हो तहाँ कार्यालयको प्रतिक्रियासहित सम्बन्धित काजगत ३ दिनभित्र यस कार्यालयलाई पठाइदिनु,’ खरिद अनुगमन कार्यालयले विभागलाई लेखेको पत्रमा उल्लेख छ। 

पासपोर्ट विभागले २ वटा प्याकेजको ठेक्का करिब १२ अर्ब लाग्ने अनुमान गरेको छ। 

यो पनि-

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad