कोशी


उच्च अदालतले सोध्यो- उद्धव थापालाई सरकारी गाडी, तेल र चालक किन?

उच्च अदालतले सोध्यो- उद्धव थापालाई सरकारी गाडी, तेल र चालक किन?

नेपालखबर
पुस २२, २०८१ सोमबार १८:३६, विराटनगर (मोरङ)

कोसी प्रदेश सरकारले नेपाली कांग्रेस संसदीय दलका नेता उद्धव थापालाई दिएको गाडी तथा अन्य सुविधाको सम्बन्धमा अदालतले कारण देखाऊ आदेश जारी गरेको छ।

उच्च अदालत, विराटनगरले कांग्रेस दलको नेतालाई दिइएको गाडी तथा अन्य सुविधाको विषयमा कारण देखाऊ आदेश जारी गरेको हो ।

अधिवक्ता कर्णबहादुर राईले दायर गरेको रिटमा उच्च अदालतका न्यायाधीश राज्यलक्ष्मी वज्राचार्यको एकल इजलासले सोमबार उक्त निर्णयविरुद्ध कारण देखाऊ आदेश जारी गर्दै अन्तरिम आदेश जारी हुने वा नहुने भन्नका लागि दुवै पक्षलाई पुस २९ गते छलफलमा पनि बोलाएको छ।

सत्तारुढ दल नेपाली कांग्रेस संसदीय दलका नेता उद्धव थापालाई गाडी, सवारी चालक र इन्धन सुविधा उपलब्ध गराउने कोसी प्रदेश सरकारको निर्णयविरुद्ध उच्च अदालत विराटनगरमा रिट दायर भएको थियो।

कोसी प्रदेश सरकारको २०८१ असोज १३ गते बसेको मन्त्रिपरिषद् बैठकले पूर्वमुख्यमन्त्रीसमेत थापालाई एउटा हलुका सवारी साधन, सवारी चालक र मासिक १२५ लिटर पेट्रोल उपलब्ध गराउने निर्णय गरेको थियो।

थापा उक्त निर्णयबमोजिम सुविधा उपभोग गर्दै आएका छन्। रिटमा त्यो सुविधा गैरकानुनी दाबी गरिएको छ।

रिटमा थापालाई सुविधा दिने निर्णय गर्ने प्रदेश मन्त्रिपरिषद्सहित मुख्यमन्त्री हिक्मतकुमार कार्की, आन्तरिक मामिला तथा कानुन मन्त्रालय, भौतिक पूर्वाधार विकास मन्त्रालय, कांग्रेस संसदीय दलका नेता उद्धव थापा, प्रमुख प्रतिपक्षी दलका प्रमुख सचेतक र प्रदेश सभाका सातैवटा समितिका सभापतिसहित १३ जनालाई विपक्षी बनाइएको छ ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad