कारोबार


विशेष आर्थिक क्षेत्र प्राधिकरणको कार्यकारी निर्देशकमा कटुवाल

विशेष आर्थिक क्षेत्र प्राधिकरणको कार्यकारी निर्देशकमा कटुवाल

नेपालखबर
पुस १७, २०८१ बुधबार १७:१३, काठमाडौँ

सरकारले विशेष आर्थिक क्षेत्र (सेज) प्राधिकरणको कार्यकारी निर्देशकमा छत्रबहादुर कटुवाललाई नियुक्त गरेको छ। 

१६ गते बसेको मन्त्रिपरिषद् बैठकले रिक्त पदमा कटुवाललाई नियुक्त गरेको हो। 

सरकारले विदेशी तथा घरेलु लगानीकर्तालाई आकर्षित गरी उद्योग तथा व्यवसाय वृद्धि गर्न सेजको अवधारणा ल्याएको थियो। प्राधिकरणले सेजको नियमनको काम गर्छ। 

लामो समयदेखि कार्यकारी निर्देशक पद रिक्त थियो। 

नेपालमा हालसम्म भैरहवा सेज मात्र सञ्चालनमा आएको छ। १४ मध्ये बाँकीमा कुनै निर्माणको काम चलिरहेको छ भने कुनैको विस्तृत परियोजना प्रतिवेदन पूरा भएको छ भने कुनैको सम्भाव्यता अध्ययनको काम चलिरहेको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad