कारोबार


कोरोना महामारीअघिकै लयमा फर्कियो नेपालको पर्यटन, २०२४ कति आए पर्यटक?

कोरोना महामारीअघिकै लयमा फर्कियो नेपालको पर्यटन, २०२४ कति आए पर्यटक?

फाइल तस्बिर: बागलुङमा पर्यटक


नेपालखबर
पुस १६, २०८१ मंगलबार ११:१६, काठमाडौँ

नेपालकाे पर्यटनले कोरोना महामारीअघिकै अवस्थाको लय समातेको छ।

सन् २०२४ मा साढे ११ पर्यटक नेपाल आएका हुन्।

पर्यटन बाेर्डका प्रमुख कार्यकारी अधिकृत (सीईओ) दीपकराज जाेशीले नेपालकाे पर्यटन सन् २०१९ काे अवस्थामै फर्केको बताए।

'२०२३ मै पर्यटन पुन:स्थापना भैसक्नुपर्ने थियाे, एक वर्ष ढिला गरी करिब पुरानै अवस्थामा फर्किएका छाैँ, सीईओ जाेशीले भने, '२०२४ काे डिसेम्बर अन्तिमसम्म साढे ११ लाख पर्यटक भित्रिएका छन्।'

बाेर्ड स्थापनाकाे २६ वर्ष पुगे पनि आक्रमक रूपमा बढ्न नसकेकाे बताउँछन्। नेपालकाे पर्यटक विदेशीलाई लक्षित गरेकाेमा पछिल्लाे  दशक आन्तरिक पर्यटकतर्फ लक्षित पूर्वाधार निर्माण भइरहेकाे बताएका छन्।

जाेशीले पर्यटक घरघरमा नभई आम्दानी पुर्‍याउनुपर्ने बताए।

२६औँ वार्षिक उत्सवमा कर्मचारीले निर्देशकहरूकाे अवधि ताेकेर बढुवा हुने व्यवस्था गर्न माग गरेका छन्।

बाेर्डमा ७ वर्षदेखि विज्ञापन नभएकाे बताउँदै १५ पद रिक्त रहेकाे सीईओ जोशीले बताए।

पर्यटन राज्यमन्त्री लक्ष्मण चाैधरीले दुई ठूला छिमेकीकाे बीचमा पर्यटक ल्याउन नसक्नु हाम्राे कमजाेरी रहेकाे बचाउँछन्।

उनले सिमाबाट आउने पर्यटकलाई छाला हेरेर व्यवहार गर्दा नकारात्मक सन्देश गएकाे बताए। 

संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्री पाण्डेले पर्यटन क्षेत्रकाे सम्भावना छ भने पनि परिणाम देखाउन नसकेकाे बताए।

उनले मन्त्रालयअन्तर्गतका निकायमा समन्वय गरेर अघि बढ्ने बताए।

'जे काम हुन्छ अघि बढाऔँ नहुने काम हुँदैन भनाैँ,' मन्त्री पाण्डेले भने, 'देशभर मन्दिर, गुम्बाका प्रस्ताव आउँछन्। संघले मात्रै बनाउन सक्दैन स्थानिय तह र उपभोक्ताकाे सहभागिता हुनुपर्छ।'

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad