कारोबार


सार्वजनिक निकायमा स्वदेशी वस्तु अनिवार्य गर्ने सरकारको निर्णयको परिसंघद्वारा स्वागत

सार्वजनिक निकायमा स्वदेशी वस्तु अनिवार्य गर्ने सरकारको निर्णयको परिसंघद्वारा स्वागत

नेपालखबर
पुस ३, २०८१ बुधबार १९:४७, काठमाडौँ

सार्वजनिक निकायमा स्वदेशी वस्तुहरुको प्रयोग अनिवार्य गर्ने नेपाल सरकारको निर्णयको नेपाल उद्योग परिसंघ हार्दिक स्वागत गरेको छ। सरकारको यो निर्णयले स्वदेशी उत्पादन प्रवद्र्धन गर्न निकै सहयोग पुग्ने परिसंघको विश्वास छ।

उद्योग, वाणिज्य तथा आपूर्ती मन्त्रालयको सिफारिसमा नेपाल सरकारले मंसिर २८ गतेको मन्त्रिपरिषद् बैंठकबाट ‘सार्वजनिक निकायमा स्वदेशी वस्तुको प्रयोग गर्ने निर्देशिका २०८१’ पारित गरेको छ। यसले नेपाल उद्योग परिसंघसहित समग्र निजी क्षेत्रलाई उत्साहित बनाएको जनाएको छ।

परिसंघले नेपाल सरकार, उद्योग, वाणिज्य तथा आपूर्ती मन्त्रालयसँग २०७८ असार १० गते साँझेदारीपत्रमा हस्ताक्षर गरी मेक इन नेपाल स्वदेशी अभियान सञ्चालन गरिरहेको छ।

स्वदेशी वस्तु तथा सेवाको उत्पादन, उपभोग र निर्यात प्रबद्र्धन गर्ने मुख्य उद्देश्यले राखेर अघि बढाइएको मेक इन नेपाल स्वदेशी अभियान कार्यान्वयनमा नेपाल सरकारले आफ्नो बलियो साथ एवम् साझेदारी प्रस्तुत गरेको परिसंघको भनाई छ। सरकारको यो बलियो साथ एवं सहयोगले स्वदेशी वस्तुहरुको उत्पादन तथा प्रयोगमा नयाँ आयाम थपिने विश्वास परिसंघको छ।

प्रधानमन्त्री केपी शर्मा ओली नै प्रधानमन्त्री भएको बेलामा २०७७ फागुनमा यो अभियानको औपचारिक सुरुवात भएको थियो। परिसंघले सरकारी तथा सार्वजनिक निकायमा स्वदेशी वस्तुहरूको प्रयोग अनिवार्य गर्न आग्रह गर्दै आईरहेको छ।

सरकारको पछिल्लो निर्णयले स्वदेशी अभियानले राखेको लक्ष्य हासिल गर्न महत्वपूर्ण भूमिका खेल्ने परिसंघको विश्वास छ। ‘सार्वजनिक निकायमा स्वदेशी वस्तुको प्रयोग गर्ने निर्देशिका २०८१’ पूर्ण लागू गर्न परिसंघ आग्रह गरेको छ।

परिसंघले मेक इन नेपाल स्वदेशी अभियानलाई सफल बनाउन नीतिगत सुझावसँगै बिजनेश टू बिजनेस (बीटूबी) पोर्टल संचालनमा ल्याइसकेको छ। परिसंघ पछिल्लो पटक संयुक्त राष्ट्रसंघ पूँजी विकास कोष (यूएनसीडीएफ) को ‘अगोरा’ प्लेटफर्ममा समेत आवद्ध भई स्वदेशी वस्तुहरुको प्रबद्र्धनमा काम गर्दै आईरहेको छ।

परिसंघले स्वदेशीको सामूहिक ट्रेडमार्क समेत प्राप्त गरिसकेको छ।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad