कारोबार


अब लोडसेडिङ हुन सक्छ, भारतबाट बिजुली ल्याएर कम गर्छौँ : ऊर्जामन्त्री खड्का

अब लोडसेडिङ हुन सक्छ, भारतबाट बिजुली ल्याएर कम गर्छौँ : ऊर्जामन्त्री खड्का

नेपालखबर
पुस १, २०८१ सोमबार १५:१२, काठमाडौँ

ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले भारतबाट साढे ६ सय मेगावट विद्युत आयात गर्न लागिएको बताएका छन्।

मन्त्री खड्काले नेपालभित्रको आन्तरिक विद्युत आपूर्तिलाई सहज बनाउनको लागि भारतसँग साढे ६ सय मेगावट विद्युत खरिद गर्न लागिएको बताएका छन्।

भारतसँगको सहमतिअनुरूप पुस महिनादेखि नै विद्युत खरिद गरिने उनको भनाइ छ।

बाढीले जलविद्युत आयोजनाहरूमा धेरै क्षति भएर उत्पादनमा देखिएको कमीको कारण लोडसेडिङ हुन नदिनको लागि भारतसँग विद्युत पुस महिनाबाट खरिद गर्न लागिएको उनले जानकारी दिए।

उनले भने, ‘भारत भ्रमणको समयमा भारतका मन्त्री र सचिवसँग बृहत् छलफल भएर सुख्खायाममा साढे ६ सय मेगावट विद्युत खरिद गर्ने निर्णय भयो। पुसदेखि लागू गर्दछौँ। गत वर्षको बाढीले जलविद्युत आयोजनाहरूमा धेरै क्षति भयो। विद्युत माग र आपूर्तिको विषयमा सरकारले हिसाब गरेको छ। गत वर्षको भन्दा साढे ३ सय मेगावाट जति यस वर्ष उत्पादन थप हुने र हिउँदमा ४० प्रतिशत उत्पादन हुने भएकाले पिक आवरमा समस्या पर्नेछ। सकेसम्म लोडसेडिङ हुन नदिने योजनाका साथ तालिका बनाएका छौँ। साँझको बेला भारतले चार घण्टा दिन सकिँदैन भनेको छ। भारतका ऊर्जा मन्त्री नेपालमा आउने कुरा छ। उहाँ आएको बेला नेपालको माग र आपूर्तिलाई हिसाब गरेर दुई घण्टामा छोट्याउन सक्छौँ। यसरी विद्युत माग र आपूर्तिलाई सम्बोधन गर्ने गरी तयारी छ। केही घण्टा बेलुकाको समयमा कुनै ठाउँमा लोडसेडिङ हुने अनुमान छ। तर विगतको जस्तो अहिले पनि फरक पर्ने स्थितिमा छैनौँ। नेपालले ९ सय मेगावटसम्म आपूर्ति गर्ने गरेका थियौँ। साढे ६ सय मेगावट आपूर्ति गर्ने भयौँ। नेपालभित्रै साढे ३ सय मेगावाट थप हुने भयो। यसले विद्युत सप्लाईलाई खासै ठूलो असर पर्दैन ।’ 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad