नेपालको लोकप्रिय ब्राण्ड नेपाल आइसले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्त्व अनुसार क्रिकेट खेल सकिएपछि त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदानमा सफाइ अभियान सञ्चालन गरेको छ। ‘नेपाल आइस ब्वाईज’को नेतृत्वमा क्रिकेट मैदानको सफाइ गरिएको हो।
यो अभियानले वातावरणीय जिम्मेवारीलाई उत्प्रेरित गर्ने तथा क्रिकेट मैदान क्षेत्रमा फोहोर संकलन र व्यवस्थापन गरेर सामुदायिक संलग्नतालाई प्रोत्साहित गर्ने अपेक्षा आइस ब्वाइजले गरेको छ।
सिजि ब्रुअरी अन्तर्गत नेपाल आइस ब्वाईजले समाजमा सकारात्मक परिवर्तन गर्ने उद्देश्यले ‘मनैदेखि नेपाली, परिवर्तनको लागि’ भन्ने नारासहित समाजका विभिन्न क्षेत्रमा योगदान गर्दै आएको छ।
भविष्यमा नेपाली युवाहरुमा रहेको स्वयमसेवाको भावनालाई अझ अभिप्रेरित गरी समाजका सकारात्मक र सृजनशील परिवर्तन ल्याउन एकिकृत रुममा अघि बढ्ने लक्ष्य लिएको छ।


Shares

प्रतिक्रिया