कारोबार


आईएमईका सेवाग्राहीलाई मौलाकाली र लुम्बिनी केबलकारमा विशेष छुट

आईएमईका सेवाग्राहीलाई मौलाकाली र लुम्बिनी केबलकारमा विशेष छुट

नेपालखबर
मंसिर १७, २०८१ सोमबार २०:६, काठमाडौँ

आईएमईले विदेशबाट पठाएको रकम प्राप्त गर्ने सेवाग्राहीलाई केबलकारको यात्रामा विशेष छुट दिने भएको छ।

आईएमई मार्फत कारोबार गरेका सेवाग्राहीले मौलाकाली र लुम्बिनी केबलकारको टिकटमा २० प्रतिशत छुट पाउने छन्।

आईएमई मार्फत रकम भुक्तानी प्राप्त गरेको रसिद वा आइएमई पे  मार्फत रकम प्राप्त गरेको डिजिटल रिसिप्ट देखाएर सेवाग्राहीले मौलाकाली र लुम्बिनी केबलकारको छुट प्राप्त गर्न सक्ने छन्। रकम प्राप्त गरेको तिन महिनासम्म सो रसिद देखाएर छुट लिन सकिने छ।

मौलाकाली केबलकारका सञ्चालक रुद्रराज पौडेलले विदेशमा बसेकाहरूले आफ्नो परिवार तथा प्रियजनहरूलाई मौलाकाली,कामाख्या देवी लगायतका देवस्थलको दर्शन तथा घुमफिरमा समेत प्रोत्साहित गरुन् भन्ने उद्देश्यले छुटको व्यवस्था मिलाइएको बताए।

परिवार तथा प्रियजनको खुसीले मेहनत गर्न तथा बढी रकम पठाउन समेत विदेशमा रहेकाहरूलाई प्रोत्साहित गर्ने पनि पौडेलले उल्लेख गरे।

नवलपुरको गैँडाकोटस्थित मौलाकाली केबलकार र रुपन्देहीको बुटवल र पाल्पाको वसन्तपुर डाँडा जोड्ने गरी सञ्चालनमा रहेको लुम्बिनी केबलकारले मन्दिर दर्शन र अन्य घुमफिर गर्ने सहज व्यवस्था मिलाउँदै आएका छन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad