कारोबार


उद्योगको लाइन तत्काल नकाट्ने प्राधिकरण बोर्ड बैठकको निर्णयमा २ सञ्चालकको फरक मत

उद्योगको लाइन तत्काल नकाट्ने प्राधिकरण बोर्ड बैठकको निर्णयमा २ सञ्चालकको फरक मत

नेपालखबर
मंसिर १२, २०८१ बुधबार १३:३७, काठमाडौँ

नेपाल विद्युत् प्राधिकरण सञ्चालक समितिको बैठकले बक्यौता नउठे पनि उद्योगहरुको लाइन तत्काल नकाट्ने निर्णय गरेको छ। तर सो निर्णयमा दुई सञ्चालकले भने फरक मत राखेका छन्। 

बुधबार बसेको समितिको बैठकमा सञ्चालकद्वय कपिल आचार्य र भक्तबहादुर पुनले फरक मत राखेका हुन्। 

ऊर्जामन्त्री दीपक खड्काले भने विद्युत् नियमन आयोगले लाइन नकाट्ने गरी मंगलबार पठाएको पत्र कार्यान्वयनमा जोड दिएका थिए। 

सो अनुसार बोर्डले प्राधिकरणले दिएको म्याद सकिए पनि अहिले नै उद्योगको लाइन नकाट्ने निर्णय गरेको हो। आजको निर्णय माइन्युट हुन बाँकी रहेको एक सञ्चालकले जानकारी दिए। 

‘अहिले नै लाइन नकाट्ने भन्ने नै भयो’, ती सञ्चालकले नेपालखबरसँग भने, ‘दुई सञ्चालकले फरक मत राख्नुभयो। पैसा उठाउने कुरामा पटक पटक विभिन्नखाले निर्णय गर्दा पैसा उठ्ने कुरा नहुने भयो। प्राधिकरणले जारी गरेको बिल अघिल्लो सञ्चालक समितिले नै स्वीकृत गरेको छ। यसलाई गलत छ भन्न मिल्दैन। यसरी निर्णय गरेर पैसा नउठाउने कुरा गर्दा नियत राम्रो देखिँदैन।’

मन्त्री खड्काले भने नियमन आयोगको निर्णय नै कार्यान्वयन गर्न जोड दिएको ती सञ्चालकको भनाइ छ।  

गत कात्तिक २५ मा मन्त्रिपरिषद् बैठकले बक्यौता १५ दिनभित्र उठाउने र उद्योगमा काटिएको बिजुली जोड्ने निर्णय गरेको थियो। सोलगत्तै २७ गतेको बोर्ड बैठकले उक्त निर्णय कार्यान्वयन गर्ने निर्णय गरेको थियो। 

मन्त्रिपरिषद्को उक्त निर्णयपछि प्राधिकरणले सार्वजनिक सूचनामार्फत १५ दिनभित्र बक्यौता नउठे पुनः लाइन काटिदिने जनाएको थियो। सो समय आज सकिने भएपछि हिजो मंगलबार आयोगले प्राधिकरणलाई यथास्थितिमा रहन पत्र पठाएको थियो। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad