कारोबार


एमसीए-नेपालको २९७ किलोमिटर प्रसारणलाइनमा फेरि बोलपत्र आह्वान

एमसीए-नेपालको २९७ किलोमिटर प्रसारणलाइनमा फेरि बोलपत्र आह्वान

नेपालखबर
मंसिर १२, २०८१ बुधबार १०:४७, काठमाडौँ

मिलेनियम च्यालेन्ज एकाउन्ट नेपाल विकास समिति (एमसीए–नेपाल) ले २९७ किलोमिटर विद्युत् प्रसारणलाइन निर्माणका लागि बोलपत्र पुनः आह्वान गरेको छ।

मिलेनियम च्यालेन्ज कर्पाेरेसन (एमसीसी) नेपाल कम्प्याक्ट कार्यक्रमअन्तर्गत निर्माण गरिने उक्त प्रसारण लाइनले नेपालको विद्युत् प्रसारण सञ्जाललाई सशक्तीकरण गर्ने उद्देश्य राखिएको छ।

लप्सीफेदी–रातमाटे–नयाँ हेटौँडा, रातमाटे–नयाँ दमौली र नयाँ दमौली–नयाँ बुटवल गरी तीनवटा खण्डमा विभाजन गरिएको उक्त प्रसारणलाइनको निर्माणका लागि बोलपत्र प्रस्तुत गर्ने समयसीमा २०८१ माघ १७ गते तोकिएको छ।

अघिल्लो बोलपत्र आह्वान प्रक्रियाको विस्तृत समीक्षापछि पुनःआह्वान गरिएको यस बोलपत्रमा परिमार्जित डिजाइन, टावर निर्माण स्थलमा सहज पहुँच र बोलपत्रदाताहरूको सुझावका आधारमा संशोधित व्यावसायिक प्रावधानहरू समेटिएको छ। यी समायोजनले थप कार्यान्वयनयोग्य र लागत–प्रभावकारी प्रस्तावहरू प्राप्त हुने सुनिश्चित गर्दै अघिल्लो बोलपत्र आह्वानमा पहिचान गरिएका मुख्य लागत निर्धारकहरूलाई सम्बोधन गरेका छन्।

एमसीए–नेपालले बुटवल– गोरखपुर प्रसारण लाइन अन्तर्गत नेपालमा पर्ने १८ किलोमिटर प्रसारण लाइन निर्माणका लागि १२३.६० लाख अमेरिकी डलरको सम्झौता ट्रान्सरेल लाइटिङ लिमिटेडसँग २०८१ साल भदौ १४ गते गरिसकेको छ। उक्त प्रसारण लाइन २१ महिनाको अवधिमा निर्माण गरिनेछ। 

एमसीए–नेपालका कार्यकारी निर्देशक खड्गबहादुर विष्टले भने, ‘निर्माणाधीन प्रसारण लाइनमध्ये १८ किलोमिटर खण्डको निर्माणका लागि सम्झौता सम्पन्न भइसकेको वर्तमान अवस्थामा परिमार्जित प्रावधानहरूका कारण बाँकी २९७ किलोमिटर प्रसारण लाइन निर्माणका लागि बोलपत्रदाताहरूको अभिरुचि उल्लेख्य रूपमा बढ्ने र प्रतिस्पर्धात्मक बोलपत्रहरू आकर्षित हुने कुरामा हामी विश्वस्त छौँ।’

तीनवटा ४०० केभी सबस्टेसन र १८ किलोमिटर प्रसारणलाइन निर्माण कार्यमा ठेकेदार कम्पनीहरूले काम सुरू गरिसकेका छन्।

यसअघि बजेटभन्दा बढी लागतका प्रस्ताव मात्र परेपछि ठेक्का प्रक्रिया नै रद्द गरिएको थियो।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad