कारोबार


वायुसेवा निगमले अन्तर्राष्ट्रिय उडानको भाडादरमा छुट दिने, कहाँ जाँदा कति?

वायुसेवा निगमले अन्तर्राष्ट्रिय उडानको भाडादरमा छुट दिने, कहाँ जाँदा कति?

नेपालखबर
मंसिर ६, २०८१ बिहिबार १६:४८, काठमाडौँ

नेपाल वायुसेवा निगमले विभिन्न अन्तर्राष्ट्रिय उडान गन्तव्यमा लाग्ने भाडादरमा छुट दिने घोषणा गरेको छ। 

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले भाडा घटाउन निर्देशन दिएलगत्तै निगमले छुटको घोषणा गरेको हो। 

यसअनुसार दिल्ली, मुम्बई र ब्यांग्लोर क्षेत्रको लागि बजार भाडादरमा २ हजार ५ सय र दोहा, दुबई, दमाम, क्वालालम्पुर, हङकङ, बैंकक र नारिता क्षेत्रको लागि बजार भाडादरमा ५ हजार रुपैयाँसम्म छुट दिइने निगमले जनाएको छ। 

उक्त छुट जहाजको सिट उपलब्धताअनुसार पहिलो आउनेलाई पहिलो प्राथमिकताको आधारमा उपलब्ध गराइने निगम प्रवक्ता रमेश पौडेलले बताए। 

सोको लागि यात्रु स्वयं परिचय पत्रसहित उपस्थित हुनुपर्नेछ। 

‘नेपाल वायुसेवा निगमको सामाजिक उत्तरदायित्व अन्तर्गत २०२४ नोभेम्वर १ देखि २२ तारिखसम्मको अवधिमा सम्बद्ध परिवारलाई थोरै भए पनि राहत पुगोस् भनी डाक्टरको रिपोर्ट र नेपाल क्यान्सर रिलिफ सोसाइटीको सिफारिसमा निगमको काठमाडौं–दिल्ली–काठमाडौं सेक्टरको हवाइ भाडादरमा ३७ जना अर्बुदरोग भएका विरामीलाई १०० प्रतिशत छुटमा, ३३ जना निज बिरामीहरुका कुरुवाहरुलाई ५० प्रतिशत छुटमा टिकट उपलब्ध गराइएको छ’, पौडेलले भने, ‘त्यसैगरी २१ जना सरकारी कर्मचारीहरुलाई १५ प्रतिशत छुटमा टिकट उपलब्ध गराइएको छ।’

गत नोभेम्बर ८ देखि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल १० घण्टा बन्द भएको छ। सो कारण विभिन्न कम्पनीको हवाइ उडान कटौती भएको र त्यही बेला पर्यटकीय मौसम र चाडपर्व परेकाले उडान माग बढेकोले भाडा बढेको जनगुनासो आइरहेको छ। 

जनगुनासोपछि बुधबार मात्र संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्री पाण्डेले २४ घण्टाभित्र भाडादर बुझाउन कम्पनीहरुलाई निर्देशन दिएका थिए। 

 


 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad