समाज


छैटौँ एसियाली जनसंख्या सम्मेलन हुँदै, ७०० भन्दा बढी जनसंख्या विज्ञ नेपाल आउने

छैटौँ एसियाली जनसंख्या सम्मेलन हुँदै, ७०० भन्दा बढी जनसंख्या विज्ञ नेपाल आउने

फाइल तस्बिर


नेपालखबर
मंसिर ६, २०८१ बिहिबार १६:५१, काठमाडौँ

नेपालमा छैटौं एसियाली जनसंख्या सम्मेलन (एपीसी) हुने भएको छ। त्रिभुवन विश्वविद्यालयअन्तर्गत केन्द्रीय जनसंख्या विभाग र एशियन पपुलेसन एसोसिएसन (एपीए) को सहकार्यमा सम्मेलन हुन लागेको हो।

सम्मेलन मंसिर १२ देखि १५ गतेसम्म काठमाडौँको सोल्टी होटेलमा आयोजना हुनेछ, जसमा ५० देशका ७०० भन्दा बढी जनसंख्या विज्ञ, नीति निर्माता, र अनुसन्धानकर्ता सहभागी हुने आयोजन समिति संयोजक प्रा. डा. योगेन्द्रबहादुर गुरुङले जानकारी दिए। सम्मेलनको प्रधानमन्त्री केपी शर्मा ओलीले सम्मेलनको उद्घाटन गर्नेछन्।

सम्मेलनमा १७ वटा मुख्य विषयगत शीर्षकमा ४०० वटा कार्यपत्र प्रस्तुत गरिनेछ। विश्वव्यापी जनसांख्यिकीय परिवर्तनहरू, सामाजिक–आर्थिक प्रभावहरू र जनसंख्या व्यवस्थापनका चुनौतीहरूमा केन्द्रित रहेर सम्मेलनमा बहस हुने गुरुङले बताए।


नेपालले यस्तो सम्मेलन पहिलोपटक आयोजना गर्न लागेको हो। यसअघि यो सम्मेलन नयाँ दिल्ली (२०१०), बैंकक (२०१२), क्वालालम्पुर (२०१५), सांघाई (२०१८), र जकार्ता (२०२१) मा सम्पन्न भएको थियो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad