सरकारी स्वामित्वका हेटौँडा सिमेन्ट र उदयपुर सिमेन्ट उद्योगले डेडिकेटेड फिडर तथा ट्रंक लाइनमार्फत विद्युत् उपभोग गरेबापतको प्रिमियम महसुल बक्यौता किस्ताबन्दीमा तिर्न निवेदन दिएका छन्।
नेपाल विद्युत प्राधिकरणका अनुसार हेटौँडा सिमेन्टको ३३ करोड ८० लाख ८६ हजार २५० र उदयपुर सिमेन्टको ४४ करोड ७४ हजार ५३३ रुपैयाँ बक्यौता रहेको छ।
प्राधिकरणले यी दुवै उद्योगलाई बक्यौता नतिर्नेको सूचीमा समावेश गरी रकम तिर्न ताकेता भने गरिरहेको थियो। पछिल्लोपल्ट ४९ वटा उद्योगको नाम र बक्यौता अंक नै सार्वजनिक गरी प्राधिकरणले लाइन काट्ने चेतावनी दिएको थियो।
कात्तिक ८ गते ३४ वटा उद्योगको लाइन काट्दा ती दुई उद्योगको काटेको थिएन।
186
Shares

प्रतिक्रिया