सुदूरपश्चिम


कञ्चनपुरमा ठूलो परिमाणमा खैरो हेरोइन बरामद, महिला र पुरुष पक्राउ

कञ्चनपुरमा ठूलो परिमाणमा खैरो हेरोइन बरामद, महिला र पुरुष पक्राउ

खैरो हेरोइनसहित पक्राउ परेका पुरुष र महिला


नेपालखबर
कात्तिक १४, २०८१ बुधबार ८:१६, काठमाडौँ

कञ्चनपुरमा ठूलो परिमाणमा लागुऔषध खैरो हेरोइनसहित दुईजना पक्राउ परेका छन्।

जिल्लाको पुनर्वास नगरपालिका-३, आईबीआरडी बजारबाट प्रहरीले लागुलागुऔषधसहित महिला र पुरुषलाई पक्राउ गरेको हो।

पक्राउ पर्नेमा कैलालीको धनगढी उपमहानगरपालिका-५ हसनपुर बस्ने ३१ वर्षीय अमितकुमार वर्णवार र कञ्चनपुरको बेलौरी नगरपालिका–२ टेडुवाकी ४० वर्षीया सितादेवी चौधरी छन्।

वर्णवारको साथबाट ११८ ग्राम ३६० मिलिग्राम खैरो हेरोइन बरामद गरिएको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार बरामद खैरो हेरोइनको यो परिमाण सुदूरपश्चिम प्रदेशमा अहिलेसम्मकै बढी हो।

मंगलबार राति गोप्य सूचनाका आधारमा इलाका प्रहरी कार्यालय त्रिभुवनवस्ती, लागुऔषध नियन्त्रण ब्युरो शाखा महेन्द्रनगर र अस्थायी प्रहरी पोस्ट आईबीआरडीबाट खटिएको संयुक्त प्रहरी टोलीले उनीहरूलाई नियन्त्रणमा लिएको हो। 

उनीहरूलाई हिरासतमा राखेर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad