कारोबार


तारे होटलमा प्लास्टिकजन्य बोटल प्रयोग गर्न नपाइने

तारे होटलमा प्लास्टिकजन्य बोटल प्रयोग गर्न नपाइने

नेपालखबर
कात्तिक ६, २०८१ मंगलबार १७:१०, काठमाडौँ

अबदेखि तारे होटल र सबैखाले रिसोर्टहरूले प्लास्टिकजन्य बोटल प्रयोग गर्न नपाउने भएका छन्। 

पर्यटन विभागले परिपत्रमार्फत चारतारे, पाँचतारे र पाँचतारे डिलक्स तथा डिलक्स र लक्जरी रिसोर्टमा प्लास्टिकजन्य बोटल प्रयोग गर्न प्रतिबन्ध लगाएको हो। 

ती होटल र रिसोर्टहरूले अब काँचका बोटल तथा अन्य धातुको भाँडा प्रयोग गरी होटलका कोठा तथा रेस्टुराँमा पिउने पानीको व्यवस्था मिलाउनुपर्ने विभागले यही कात्तिक ५ गते पत्रमार्फत जानकारी गराएको छ। 

विभागबाट स्तरवर्गीकरण भई इजाजतप्राप्त गरी सञ्चालनमा रहेका तारे होटल तथा रिसोर्टहरूमा प्लास्टिकजन्य बोटलसहितका पेयपदार्थहरू प्रयोगमा आइरहेका भनी जानकारी प्राप्त हुन आएकोले तत्काललाई कम्तीमा चारतारे वा सोभन्दा माथिल्लो स्तरका होटल तथा रिसोर्टहरूमा प्लास्टिकजन्य बोटलको प्रयोगमा निषेध गरिएको विभागले जनाएको हो।

खानेपानीको लागि प्रयोगमा आउने प्लास्टिकजन्य बोटलको प्रयोगबाट मानव स्वास्थ्य तथा वातावरणमा समेत नकारात्मक प्रभाव पर्ने हुँदा यस्तो निर्णय गर्नुपरेको विभागका महानिर्देशक डा नारायणप्रसाद रेग्मीले बताए।  

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad